काठमाडौँ / नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयमा आंशिक प्राध्यापकहरूलाई करार गर्ने षड्यन्त्र बन्द गरी तत्काल सेवा आयोग मार्फत दरबन्दी पूर्ति गर्न माग गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय क्याम्पस विशेष समितिका इन्चार्ज गोविन्द विष्टले नेपालको सबैभन्दा ठुलो र पहिलो त्रिभुवन विश्वविद्यालय पछिल्लो समय राजनीतिक भागबन्डाको अखडा बनेको भन्दै तत्काल सेवा आयोगमार्फत दरबन्दी पूर्ति गर्न माग गरेका हुन् ।

OM Sai Pathibhara Hospital

अखिल क्रान्तिकारीले राजनीतिक पहुँचका आधारमा भर्ती गरिएका आंशिक प्राध्यापकहरूलाई करार गर्ने त्रिभुवन विश्वविद्यालयको अनैतिक प्रपञ्चप्रति गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ ।