सिराहा। लहान नगरपालिका–३ स्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा ‘रजिस्ट्रेसन’का लागि लाग्ने लाभकर सरकारले मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले करिब रु एक करोड ३४ लाख ९५ हजारबराबरको लाभकर छुट दिने निर्णय गरेको हो ।झण्डै पाँच दशकदेखि अस्पतालको हकभोगमा रहेको उक्त जग्गा रजिस्ट्रेसन हुन नसक्दा भौतिक संरचना विस्तारमा समस्या हुँदै आएको थियो । सरकारको निर्णयपछि सिराहा, सप्तरी र उदयपुरका बिरामीले सेवा लिने यस अस्पतालको स्तरोन्नति र सेवा विस्तार सहज हुने भएको छ ।सरकारले गरिब तथा विपन्न समुदायको उपचार आवश्यकतालाई ध्यानमा राखेर सकारात्मक निर्णय गरेको अस्पताल व्यवस्थाप
काठमाडौँ। देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड बराबर रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड थियो । अघिल्लो आवको तुलनाका चालु आवको चार महिनामा करिब रु १० अर्ब बढी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको हो ।समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६ दशमलव चार प्रतिशतले वृद्धि भई रु ६४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ५५ अर्ब ४९ करोड रहे
म्याग्दी। धवलागिरि गाउँपालिका–३ मुनामा आइतबार सम्पन्न पालिकास्तरीय बाल कचहरीबाट बालअधिकारको सुनिश्चितता, संरक्षण तथा प्रवर्द्धन र बालविवाह न्यूनीकरणका लागि १० बुदे घोषणापत्र जारी भएको छ ।बाल क्लबका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षकसम्बद्ध सङ्घसंस्था र सरोकारवालाबीच धवलागिरि गाउँपालिकामा रहेको बालबालिकासम्बन्धी समस्या र समाधान उपायका विषयमा छलफल गरी घोषणापत्र जारी भएको हो ।बालविवाह, विभेद, बाल मजदुरजस्ता सामाजिक कुसंस्कारका विरुद्ध सामूहिक आवाज उठाउन र त्यस्ता घटनाको न्यूनीकरणमा कटिबद्ध भएर लाग्ने, बालबालिकाको बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताको नैसर्गिक अधिकारको परिपालनामा संवेदनशील र कार्य
भोजपुर। विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ । यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै सामुदायिक विद्यालयको घेराबारा गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक सुधारसँगै भौतिक संरचनाको सुरक्षाको लागि गाउँपालिकाले योजनाबद्ध रुपमा कार्यक्रम सञ्चालन गरेर विद्यालयहरुको घेराबारा गरेको उहाँको भनाइ छ ।“हामीले गाउँपा
काठमाडौं— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको संसद भवनको अवलोकन गरेकी छन् । विहीबार दिउँसो उनले नयाँ वानेश्वरस्थित संसद भवनको अवलोकन गरेकी हुन् ।उनले संसद भवनभित्र र बाहिर, जलेका सवारी साधनहरु भएको स्थान सबै अवलोकन गरेकी छन् । अवलोकनमा भण्डारीसँगै निवर्तमान सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसहित विभिन्न पदका कर्मचारीहरु सहभागि थिए ।
विराटनगर— कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयलाई धनकुटा अस्पताल हस्तान्तरण गरेसँगै मेडिकलतर्फको बिएससी नर्सिङ्गको कक्षा सञ्चालन हुने भएको छ ।नियमनकारी निकाय चिकित्सा शिक्षा आयोगको निर्देशन अनुसार बिएससी नर्सिङ्ग विषयको पाठ्यक्रम तयार गरिसकेकाले कोशी प्रदेश सरकारको प्रतिबद्धताअनुसार यथाशीघ्र धनकुटा जिल्ला अस्पतालमा मनमोहनले अगामी शैक्षिकसत्रदेखि उक्त कक्षा सञ्चालन गराउने तयारी गरेको हो ।विश्वविद्यालयका उपकुलपति डा.सुवासश्री पोखरेलले प्रदेश सरकारले गत जेठमा निर्णय गरेर धनकुटा शिक्षण अस्पतालका लागि मनमोहनलाई हस्तान्तरण गर्न प्रक्रिया थालिसककाले सम्झौता गरेर टुङ्गो लागेपछि बिए
गोरखा— धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष सेवा समर्पण गरेका प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीलाई विद्यार्थीहरूले हेलिकप्टरमार्फत बिदाइ गरी अद्वितीय उदाहरण प्रस्तुत गरेका छन्।उपरकोटीले लामो समयदेखि उत्तरी गोरखाका विद्यार्थीहरूलाई शिक्षादान गर्दै आएका थिए। भुईँबाट उड्ने सपना सिकाउने गुरुका रूपमा चिनिने उनले सेवाबाट निवृत्त हुँदै गर्दा विद्यार्थी, पूर्वविद्यार्थी तथा अभिभावकहरूले आकाशैबाट सम्मान प्रदान गरेका हुन्।फिनामा जन्मिएका र हाल परिवारसहित भरतपुरमा बसोबास गर्दै आएका उपरकोटीलाई रुन्चेतबाट काठमाडौं हुँदै भरतपुरसम्म पुर्याउने सम्पूर्ण यात्रा व्यवस्थापन पूर्व
धुलिखेल— प्रधानमन्त्री सुशीला कार्कीले उच्च शिक्षामा राजनीतिकरण अन्त्यगर्न सरकार प्रतिबद्ध भएको बताएकी छन् । उनले ऐन संशोधनमार्फत विश्वविद्यालयको कुलपति पदमा प्राज्ञिक व्यक्ति नियुक्त गर्ने तयारी अघि बढेको बताएकी हुन् ।धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान संरचनाले उच्च शिक्षा क्षेत्रमा देखिएको दलीय हस्तक्षेप अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् ।उनले भनिन,‘लगानी वृद्धिसँगै उच्च शिक्षाको गैरराजनीतिकरण अहिलेको टड्कारो आवश्यकता हो । शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर हा
काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज हुँदै छ । पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी दीक्षित हुने बताइएको छ । समारोहमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनलगायत सहभागी हुनेुहुने कार्यक्रम रहेको छ । समारोहमा नयाँदिल्लीस्थित जवाहरलाल–नेहरु विश्वविद्यालयका उपकुलपति प्राध्यापक धुलिपुडी पण्डितले प्रमुख आतिथ्यतासहित दीक्षान्त मन्तव्य दिनुहुने कार्यक्रम, तय भएको काठमाडौँ विश्व
काठमाडौं— शिक्षामन्त्री महावीर पुनले ध्यान र योग मनाउने मात्र नभई व्यहारिक बनाउन पाठ्यक्रममा नै समावेश गर्ने तयारी गरिरहेको बताएका छन् ।मंगलबार बसेको दोस्रो विश्व ध्यान दिवस तथा ११ औँ राष्ट्रिय योग दिवस २०८२ मूल समारोह समितिको बैठकमा बोल्दै उनले ध्यान र योगलाई पाठ्यक्रममा समावेश गर्न छलफल गरिरहेको जानकारी दिएका हुन् ।उनले भने, ‘ध्यान र योग गर्ने कुरालाई कसरी व्यहारिक बनाउने भन्ने कुरा हो । पाठ्यक्रममा कसरी समावेश गर्ने भन्ने कुराहरुमा दुई÷तीन चरणका छलफल भएका पनि छन् । त्यसका साथै कक्षामा पाठ पढाएर मात्र यो हुने होइन् । ध्यान, र योगलाई व्यहारिकरुपमा लागु गर्न शुक्रबार हुने अतिरिक्त क्रियाकलापको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.