समाज

    Showing 9,871-9,880 of 10,247 items.
  • जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या छ पुग्यो

    बैतडी / बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको सङ्ख्या छ पुगेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए ।भण्डारीको मङ्गलबार बेलुका जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि पञ्चेश्वर–६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो भने जिपचालक तेजबहादुर बोहराको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो । शव जिल्ला अस्पतालको शवगृह

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 93 पटक पढिएको
  • आठ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु

    सिमकोट / हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ । मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको मृत्यु भएको हो । आप्ना साथीसँग खेलिरहेकी बालिका बोहरालाई एकछिन पछि मृतावस्थामा भेटिएको बताइएको छ । गोठमा राखिएको खच्चडलाई प्रयोग गर्ने रसिले बाँधिएको अवस्थामा बालिका बोहरा भेटिएकी थिइन् । स्थानीय पञ्चमुखी आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययन गर्ने बोहराको मृत्यु शङ्कास्पद भएको बताइएको छ । केही स्थानीयवासीले आत्महत्या भनेर बाहिर प्रचार गरे पनि बालिकाले कसरी आत्महत्या गरिन् भन्दै प्रहरीले शङ्कास्पद रूपमा लिएको छ ।घटनाको खबर पाउनेबि

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 93 पटक पढिएको
  • मादी नदीमा डुबेर युवकको मृत्यु

    तनहुँ / मादी नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।प्रहरीका अनुसार व्यास–७ दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा दिउँसो पौडी खेल्न गएका अधिकारी डुबेर बेपत्ता भएका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजीकार्य थालेकामा दिउँसो ५ बजे मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । 

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 88 पटक पढिएको
  • सीमा नाकामा जाँच छैन, भारत आवातजावत निर्बाध

    जलेश्वर / महोत्तरी जिल्लासँग जोडिएको भारतीय सीमा नाकामा कोरोना सङ्क्रमणको जाँच नहुँदा भारत आवतजावत पनि निर्बाधरूपमा भइरहेको छ । कोरोना महामारीको दोस्रो लहरबाट निकै प्रभावित भएको भारतबाट नेपालतर्फ खुलेआम आवतजावत भइरहेको छ । अहिलेको अवस्थामा भारतबाट आउने जोकोहीलाई पनि सीमामा सञ्चालित हेल्थ डेस्कमा अनिवार्य जाँच गर्नुपर्ने र आवश्यक परे होल्डिङ सेन्टरमा राख्नुपर्ने व्यवस्था रहे पनि कोही कसैलाई कुनै पनि जाँचसम्म नगरेको देखिएको छ । जिल्लाको भिट्ठामोड, मटिहानी, सम्सी, रघुनाथपुर, कट्टीकटैया, बथनाहा, मरुवाही, चौरिया, पर्सापतैली, मसुरपट्टीसहितका नाकामा खुलेआम भारतीय नागरिक नेपाल र नेपाली नागरि

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 94 पटक पढिएको
  • वडावडामा मेलमिलाप केन्द्र स्थापना

    दमौली / तनहुँको व्यास नगरपालिकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना शुरु गरेको छ । सामान्य विवादका घटना वडामै मिलाउने उद्देश्यसहित नगरपालिकाले वडावडामा नै मेलमिलाप केन्द्र स्थापना शुरु गरेको हो । चौध वडा रहेको नगरपालिकाका पाँच वटा वडामा मेलमिलाप केन्द्र स्थापना भइसकेको नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मीरा जोशीले जानकारी दिए । उनका अनुसार वडा नं १०, ११, १२, १३ र १४ वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । “सबै वडामा मेलमिलाप केन्द्र स्थापना गर्छौँ, अहिले कोरोना जोखिमका कारण केही वडामा स्थापना गर्न ढिलाइ भएको छ”, जोशीले भने । न्यायिक समितिमा मुद्दाको चाप घटाउने र

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 106 पटक पढिएको
  • छुट्टाछुट्टै घटनाका दुई पक्राउ

    भरतपुर / चितवनमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रुपन्देहीको रोहिणी–५ घर भई हाल चितवनको राप्ती नगरपालिका–९ बस्ने ३५ वर्षीय पुरुषलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।यही वैशाख १६ गते ११ बजेको समयमा आफ्नै घरमा छोरी नाता पर्ने अन्दाजी १२ वर्षकी बालिकालाई ती पुरुषले जबर्जस्ती करणी गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय खैरहनीमा लिखित जाहेरी दिएकी थिइन् । ती पुरुषलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले स्वीकार गरेकाले पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।त्यसैगरी चितवनमा लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । पूर्वी चितवनको

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 100 पटक पढिएको
  • प्रहरी कार्यालय नजिकमा नै बलात्कार, पिडक जोगाउन चलखेल

    इनरुवा / सुनसरीको सदरमुकाम इनरुवा बजारमा चार दिन अगाडि एक व्यापारीद्धार बालिकाको बलात्कार भएको थिए । सोही घटनाका आरोपीलाई जोगाउन  जनप्रतिनिधि, दलका नेता, व्यापारी र बिचौलियाले उजुरी दर्ता नगर्न प्रहरीलाई र पीडितलाई दवाव दिईरहेको खुलासा भएको छ । चार दिन अगाडि भएको एक विवाहमा गएकी बालिकालाई इनरुवा –१ स्थित जिल्ला प्रहरी कार्यालयको नजिकै ति जन्ती गएका व्यापारीले डर देखाइ बलात्कार गरेका थिए । बलात्कार पछि बालिकालाई एक हजार रुपैयाँ दिएर घटनाको बारेमा कसैलाई नभन्न डर देखाइएको थियो । पीडित बालिकाले आफु बजारमा घरेलु उद्योग सञ्चालन गर्दै आएका व्यापारीबाट बलात्कारको शिकार भएको आमालाई सुना

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 139 पटक पढिएको
  • कुन राशीका व्यक्तिले कुन देवताको पूजा गर्ने ?

    बिर्तामोड / हुन त व्यक्तिले आफ्नो इच्छा अनुसार र श्रद्धा अनुसार कुनै पनि देवी देवता, धर्ममा आस्था राख्न सक्छन् । यसका लागी हरेक व्यक्ति स्वतन्त्र छन् । तर, हिन्दूधर्ममा भने हरेक व्यक्तिले आफ्नो इष्ट देवको पूजा गर्नुपर्ने विशेष महत्वपूर्ण मानिन्छ ।हिन्दु मान्यता अनुसार इष्ट देवको सम्बन्ध हाम्रो कर्म र जीवनसंग रहेको हुन्छ । धार्मिक मान्यता अनुसार इष्ट देवको पूजा गर्ने व्यक्तिले शुभ र राम्रो फल प्राप्त गर्दछन् । यस्तोमा आफ्नो इष्ट देव कसरी थाहा पाउने त ?ज्योतिष शास्त्रको मान्यता अनुसार व्यक्तिको जन्म मिति अनुसारको नाम अर्थात न्वारानको नाम र अक्षरका आधारमा राशी वा जन्म कुण्डलीको राशीका आधारमा इष्ट

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 120 पटक पढिएको
  • बिर्तामोड : निषेधाज्ञाको पहिलो दिन (भिडियो सहित)

    बिर्तामोड / पछिल्लो समय कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहरको जोखिम बढेसँगै सरकारले  देशका विभिन्न जिल्लामा निषेधाज्ञा तथा लकडाउन गरेको छ ।कोरोना महामारीको दोस्रो लहर फैलिएपछी यसको रोकथामका लागि  झापा जिल्ला प्रशासन कर्यालयले पनि सोमबार राती १२ बजेदेखि  बैसाख २६ गते राती १२ बजेसम्म लागुहुने गरी निषेधाज्ञा जारी गरेको छ ।निषेधाज्ञा पहिलो दिन बिहानदेखि नै सवारी साधाको आवगमन धेरै पातलो देखिएको छ । अत्यावशयक बाहेका अन्य सेवा बन्द गरिएको छ । बिर्तामोडमा  निषेधाज्ञाको पहिलो दिन (भिडियो सहित)

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 132 पटक पढिएको
  • जबर्जस्ती करणीका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

    किमाथाङ्का / सङ्खुवासभामा जबर्जस्ती करणी गरी फरार भएका प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । जबर्जस्ती करणी कसुरमा अदालतबाट दोषी ठहर भएका चैनपुर नगरपालिका–१० का ४३ वर्षीय गणेशबहादुर भनिने लेकबहादुर अधिकारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । दश वर्षअघि १३ वर्षीय बालिकालाई जबर्जस्ती करणीको आरोपमा फरार अधिकारीलाई विशेष सुराकीका आधारमा सुनसरीको खनारबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाले बताए । अधिकारीले २०६८ माघ १२ गते १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार भएका थिए । फरार भएका अधिकारीलाई जिल्ला अदालत चैनपुरले १३ वर्षीया

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 105 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.