काठमाडौं— चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालस्थित त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजी आज बिहानैदेखि जारी छ ।


OM Sai Pathibhara Hospital

आज भारतबाट विशेष उपकरणसहित आएको १० जनाको टोलीसहित बस र यात्रुको खोजी हुनेछ । भारतबाट विशेष उपकरणसहित आएको टोलीले दुर्घटना क्षेत्र सिमलतालबाट खोजविन सुरु गर्नेछ ।


गत असार २८ गते शुक्रबार बिहान सिमलतालमा पहिरोसँगै खसेका दुई बसमा ६५ यात्रु रहेकोमा तीनजनाले पौडिएर ज्यान जोगाएका थिए ।


६२ यात्रु बेपत्ता भएकोमा हालसम्म २३ जनाको शव फेला परेको छ । मृतकमध्ये १५ जनाको सनाखत भएको छ । आठ पुरुष र एक महिला गरी नौ शवको सनाखत हुन सकेको छैन ।


शवहरु चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा, त्रिवेणी व्यारेज क्षेत्रलगायत घटनास्थलबाट तटीय क्षेत्रमा फेला परेका हुन् ।


वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमति प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएको थियो ।