बारा- बारामा मंगलबार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ । जीतपुर सिमरा उप(महानगरपालिका वडा नं।२३ भलुहीमा भैरहवाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ७ ख ६०७६  नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । 

बसमा सवार २२ जना यात्रुहरूमध्ये ३ जनाको गम्भीर, ७ जनाको मध्यम र ७ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पठाइएको र बस चालक सागर न्यौपानेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

घाइतेहरूको विवरण

-जिल्ला बारा, जितपुरसिमरा उ।म।न।पा। वडा नं।७ बस्ने अ।वर्ष ३३ को शंकर गुरूङको टाउकोमा चोट ।९अवस्था गम्भीर०

-हाल नाम थर वतन नखुलेको अ।वर्ष २४ को पुरूष व्यक्तिको अनुहारमा चोट ।९अवस्था गम्भीर०

-जिल्ला बारा, कलैया उ।म।न।पा।वडा नं। १८ मोतिसर बस्ने अ।वर्ष २१ को कन्हैया गुप्ताको कान,अनुहार,शरिरमा चोट ।९अवस्था गम्भीर०

-जिल्ला चितवन, कालिका गा।पा। वडा नं। ५ बस्ने  अ।वर्ष ५५ को तिलक भट्टराईको अनुहार र छातीमा चोट । ९अवस्था मध्यम०

-जिल्ला मकवानपुर, हेटौडा उ।म।न।पा। वडा नं। १५ बस्ने अ।वर्ष ३५ को सागर गोलेको अनुहारमा चोट । ९अवस्था मध्यम०

-ऐ।ऐ।०४ बस्ने अ।वर्ष ३० को अमिर थापाको कानमा चोट ।९अवस्था मध्यम०

-जिल्ला पर्सा, वीरगन्ज म।न।पा। वडा नं। ५  बस्ने अ।वर्ष ५० को दीपेन्द्र  कुमार गुप्ताको पाखुरा र कन्चटमा चोट।९अवस्था मध्यम०

-ऐ।ऐ।१५ बस्ने अ।वर्ष ४२ को विक्रम राना मगरको हात र गालामा चोट ।९अवस्था मध्यम०

-जिल्ला बारा, गढीमाई न।पा। वडा नं। ५ बस्ने अ।वर्ष १८ को सर्वजित रामको छाती र कमरमा चोट ।९अवस्था मध्यम०

-देश भारत, रक्सौल बस्ने अ।वर्ष १८ को साहिद अन्सारीको निधारमा चोट ।९अवस्था मध्यम०

-जिल्ला बारा, जितपुरसिमरा उ।म।न।पा। वडा नं।३ बस्ने अ।वर्ष ३३ की जानुका ढुङ्गानाको हातमा चोट ।९अवस्था सामान्य०

-जिल्ला मकवानपुर, हेटौडा उप(महानगरपालिका वडा नं। ०९ बस्ने अ।वर्ष ५३ की गौरी श्रेष्ठको अनुहारमा चोट ।९अवस्था सामान्य०

-जिल्ला पर्सा, वीरगन्ज म।न।पा। वडा नं। ६ माई स्थान बस्ने अ।वर्ष  १८ को स्वयव अन्सारीको कन्चटमा चोट ।९अवस्था सामान्य०

-जिल्ला मकवानपुर, हेटौडा उ।म।न।पा। वडा नं। १५ बस्ने अ।वर्ष २५ को सुमन लामा को कानमा चोट ।९अवस्था सामान्य०

-जिल्ला मकवानपुर हेटौडा उ।म।न।पा। ८ बस्ने अ।वर्ष ३९ की सरस्वती काफले अनुहार चोट ।९अवस्था सामान्य०

-बस सह-चालक जिल्ला पर्सा ठोरी गा।पा।२ चन्द्र बहादुरको छोरा अ।वर्ष २१ रुपेश तामाङको सामान्य चोट । 

-बसको कन्टेकटर जिल्ला, चितवन कालिका न।पा। वडा नं। १० बस्ने सुम बमजमको छोरा अ।वर्ष २८ को राकेन्द्र बमजमको हातमा चोट अवस्था सामान्य ।