काठमाडौं–  मनसुनी वायु कमजोर भएकाले अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । 

मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले ठूलो पानी पर्ने सम्भावना छैन । तर केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुनसक्ने मानन्धरको भनाइ छ । 

OM Sai Pathibhara Hospital

मौसम पूर्वानुमान महाशाखाले निकालेको नियमित मौसम बुलेटिनमा आज बेलुकी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उल्लेख छ । 

अघिल्लो हप्तातिर जस्तो देशभर एकसाथ ठूलो पानी पर्ने सम्भावना अबको तीन दिन नरहेको मौसमविद् मानन्धरले बताइन । 

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज बिहानैदेखि घाम लागेको छ ।