काठमाडौं–परराष्ट्रमन्त्री आरजु राणा देउवाले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जानकारी दिएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जानकारी गराएकी हुन् ।

ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीहरूसँग उनीहरूलाई सुरक्षित तवरले बस्ने, सुरक्षा दिने र उनीहरुलाई आवश्यक परेको अन्य सहयोग सम्बन्धमा नियमित रूपमा सम्पर्क गरिरहेको उनको भनाइ छ । त्यस्तै, बंगलादेशबाट अहिलेसम्म १,२०० विद्यार्थीहरु स्वदेश फर्किएको पनि मन्त्री देउवाले जानकारी गराएकी छिन् ।

OM Sai Pathibhara Hospital

उनका अनुसार आइतबार मात्रै ४ सय २० नेपाली विद्यार्थी नेपाल फर्किएका छन् । त्यस मध्ये ३ सय ५ जना काँकडभिट्टा नाकाबाट र अन्य त्रिभुवन विमानस्थल हुदै आएका हुन् । दूतावासले नेपाल फर्कन चाहनेहरूको यात्रामा सहजीकरण गरिरहेको छ । साथै त्यहाँ बस्न चाहनेहरुका लागि घरभित्रै बस्न र सावधानी अपनाउन सल्लाह दिँदै आएको छ ।