काठमाडौं— लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका चार मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा दिएका छन्।मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेमबहादुर सारू तथा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री सीता शर्मा चौधरीले पदबाट राजीनामा बुझाएका हुन्।मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको कार्यकालको प्रशंसा गर्दै उनीहरूलाई धन्यवाद दिएका छन् भने बुझाइएका राजीनामा स्वीकृतसमेत गरेका छन्।प्रदेश सरकारको संरचना पुनर्गठन गर्ने योजनाअनुसार मन्त्रीहरू परिवर्तन गरिएको जनाइएको छ। यसअघि नै लुम्बिनी सरकार
धादिङ— धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाम दर्शन गरी फर्केका यात्रु सवार मारुती भ्यान टारिबेँसी नजिकै दुर्घटना भएको छ।बागमती प्रदेश बिएएफ ०२२३ नम्बरको मारुती इको भ्यान नीलकण्ठ नगरपालिका–१० माथिल्लो टारीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि सदरमुकाम धादिङबेँसी र सल्यानटारतर्फ पठाइएको छ।
काठमाडौं। जेन -जी आन्दोलनका बेलामा राष्ट्रपति कार्यालय शीतल निवासबाट हात्तीको दाह्रा चोरी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा गरेको अपरेशनमा हात्तीको दाह्रा लुकाइछिपाइ राख्ने तथा कारोबारमा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा काठमाडौंका राजिब महर्जन र आयुष महर्जन, गोरखाका टेकप्रसाद गुरुङ र सन्तबहादुर भुजेल तथा बैतडीका पुरन बोहरा रहेका छन्।प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा मनमैजुस्थित एक खाली जग्गामा गाडेर राखिएको अवस्थामा हात्तीको दाह्रा फेला परेको थियो। त्यसपछि थप अनुसन्ध
काठमाडौं— नीति तथा कार्यक्रम पढ्दापढ्दै कर्णालीका प्रदेश प्रमुख कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी अस्वस्थ बनेका छन् ।बुधबार प्रदेश सरकारले सार्वजनिक गर्न लागेका आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम पढ्दै गर्दा प्रदेश प्रमुख जोशीले आफू असहज महसुस भएको बताएका छन् ।आफूले नीति तथा कार्यक्रमको पूर्ण पाठ पढ्न नसक्ने बताएपछि मुख्यमन्त्री यामलाल कँडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।असहज महसुस गरे पनि प्रदेश प्रमुख जोशीले संसदमै बसेर सरकारको नीति तथा कार्यक्रम सुनिरहेका छन् ।
धादिङ। धादिङमा नृसिंहधाम दर्शन गरेर फर्किँदै गरेका यात्रु सवार भ्यान दुर्घटनामा परेको छ।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बागमती प्रदेश बिएएफ ०२२३ नम्बरको मारुती इको भ्यान नीलकण्ठ नगरपालिका–१० माथिल्लो टारीस्थित टारिबेँसी नजिक दुर्घटनामा परेको हो।दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन्। घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि धादिङबेँसी र सल्यानटारस्थित स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ।भ्यानमा नृसिंहधामबाट दर्शन गरेर फर्किरहेका यात्रु सवार थिए। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
काठमाडौं— काठमाडौंको तारकेश्वर–मनमैजु क्षेत्रमा हात्तीको दाह्रा अवैध रूपमा लुकाइराखेको तथा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले जेठ १९ गते गरेको कारबाहीका क्रममा दुई थान हात्तीको दाह्रा र १५० क्याप्सुल लागूऔषध बरामद गरेको जनाएको छ।प्रहरीका अनुसार तारकेश्वर–९ स्थित राजिव महर्जनको घर नजिकैको खाली जग्गामा गाडेर राखिएको अवस्थामा हात्तीको दाह्रा फेला परेको थियो। अनुसन्धानलाई विस्तार गर्ने क्रममा थप दुई टुक्रा दाह्रा टोखा–२ निवासी पुरन बोहरासँग र अन्य दुई टुक्रा मनमैजुका सन्तबहादुर भुजेलको कोठाबाट बरामद गरिएको प्रहरी
काठमाडौं— नेपाल सुपर लिग (एनएसएल) को सहभागी टोलीको संख्या १० पुर्याइने भएको छ। भदौं २० गते अर्थात् आजदेखि होम एन्ड अवेका आधारमा हुने घोषणा गरिएको एनएसएलको चौथो संस्करणका लागि ३ टोली थपिने भएको छ। तेस्रो संस्करण ७ टोलीले खेलेका थिए । एनएसएलले नयाँ क्लब सञ्चालन गर्न इच्छुक व्यक्ति, कम्पनी, समूह तथा फुटबल संस्थाहरूलाई आवेदन दिन आज आह्वान गरेको छ।लिगले विशेष गरी विराटनगर, धरान, वीरगञ्ज र सुर्खेत (कर्णाली) क्षेत्रबाट आवेदन प्राप्त गर्न चाहेको पनि एनएसएलले जनाएको छ। यद्यपि, अन्य क्षेत्रबाट आउने उत्कृष्ट प्रस्तावलाई पनि विचार गरिनेछ । एनएसएलमको घोषणा सभामा यसपटक १० देखि १२ टोलीको सहभागिता रहने ज
काठमाडौं। एक महिना अघिसम्म जीवनका अनेक सपना बोकेर हिँडेका दुई युवा युवती। आज भने जंगलको एकान्तमा निर्जीव अवस्थामा भेटिएका छन्। काभ्रेपलाञ्चोकको पाँचखालस्थित सामुदायिक वनमा सशस्त्र प्रहरीका एक असई र एक युवतीको शव फेला परेपछि परिवार मात्रै होइन, सिंगो समाज स्तब्ध बनेको छ। हराएको खबरसँगै आशा बाँधेर बसेका आफन्तले अन्ततः मृत्युको पीडादायी खबर सुन्नुपर्यो।पाँचखालको घना जंगल। जहाँ चराचुरुङ्गीको आवाजबाहेक अरू केही सुनिँदैन। त्यही जंगलको बीचमा रहेको मौवाको रुखले एक दर्दनाक कथा लुकाइरहेको थियो। बुधबार बिहान वनको अनुगमनमा निस्किएका स्थानीयले देखेको दृश्य हृदयविदारक थियो। एउटै रुखमा झुण्डिएका दुई श
काठमाडौं— काठमाडौं महानगरपालिका–८ र काठमाडौं महानगरप्रहरी बलको संयुक्त टोलीले गुहेश्वरी क्षेत्र नजिक सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अवैध टहरा तथा अस्थायी संरचनाहरू हटाएको छ। बुधबार गरिएको अनुगमन तथा कारबाहीका क्रममा टोलीले डोजर प्रयोग गरी सार्वजनिक स्थानमा बनाइएका टहरा भत्काएको हो। महानगरले सार्वजनिक सम्पत्तिमा अनधिकृत रूपमा निर्माण गरिएका संरचनाहरू हटाउने कार्यलाई निरन्तरता दिने जनाएको छ। साथै, सार्वजनिक जग्गा अतिक्रमण नगर्न र कानुनको पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।स्थानीयवासीका अनुसार अव्यवस्थित रूपमा निर्माण गरिएका टहराले क्षेत्रको सौन्दर्यमा असर पार्नुका साथै आ
काठमाडौं— सहकारी क्षेत्रमा देखिएको बेथिति, अनियमितता र प्रशासनिक कमजोरीमाथि सरकारले कडा कदम चाल्न थालेको छ। सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन कार्यान्वयन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले १४ जना तत्कालीन पदाधिकारी तथा कर्मचारीसँग स्पष्टीकरण मागेको छ।मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक गरिएको आयोगको प्रतिवेदनमा सहकारी दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा स्वीकृति तथा एकीकरणजस्ता प्रक्रियामा कानुन र सहकारीका मूल सिद्धान्त विपरीत भूमिका निर्वाह गरेको उल्लेख गरिएका कर्मचारीहरूलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिइएको मन्त्रालयले
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.