धादिङ। धादिङमा नृसिंहधाम दर्शन गरेर फर्किँदै गरेका यात्रु सवार भ्यान दुर्घटनामा परेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बागमती प्रदेश बिएएफ ०२२३ नम्बरको मारुती इको भ्यान नीलकण्ठ नगरपालिका–१० माथिल्लो टारीस्थित टारिबेँसी नजिक दुर्घटनामा परेको हो।

दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन्। घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि धादिङबेँसी र सल्यानटारस्थित स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ।

भ्यानमा नृसिंहधामबाट दर्शन गरेर फर्किरहेका यात्रु सवार थिए। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।