काठमाडौं— नीति तथा कार्यक्रम पढ्दापढ्दै कर्णालीका प्रदेश प्रमुख कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी अस्वस्थ बनेका छन् ।

बुधबार प्रदेश सरकारले सार्वजनिक गर्न लागेका आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम पढ्दै गर्दा प्रदेश प्रमुख जोशीले आफू असहज महसुस भएको बताएका छन् ।

आफूले नीति तथा कार्यक्रमको पूर्ण पाठ पढ्न नसक्ने बताएपछि मुख्यमन्त्री यामलाल कँडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

असहज महसुस गरे पनि प्रदेश प्रमुख जोशीले संसदमै बसेर सरकारको नीति तथा कार्यक्रम सुनिरहेका छन् ।