समाज

    Showing 10,031-10,040 of 11,162 items.
  • श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

    सोलुखुम्बु  / सोलुखुम्बुमा श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफ्नी ३७ वर्षीय श्रीमती मनिला राईको हत्या गरेको अभियोगमा सोलुखुम्बुको माप्य दुधकोसी गाउँपालिका–४का चन्द्र राईलाई पक्राउ गरेको प्रहरीले जनाएको हो । बुधवार राती साँढे ७ बजेको समयमा राईले श्रीमती लाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।  राईले सामान्य वादविवादको क्रममा रिसको आवेगमा श्रीमतीलाई खुकुरी प्रहार गरेपछि मनिलाको  घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको हो ।  घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 143 पटक पढिएको
  • उपमेयरको अगुवाईमा सडक अवरुद्ध

    काठमाण्डौ / गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाको सीमा क्षेत्रमा रहेको जोरपाटी(साखु सडक खण्ड, गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको नेतृत्वमा स्थानीयले आज बिहान ७ बजे देखि अवरुद्ध गरेका छन् ।उनीहरुले नारायणटार बागमती पुलदेखि दक्षिणढोका पुल सम्मको सडक खण्ड बन्द गरेका हुन् ।६ वर्ष अघिदेखि निर्माणाधीन जोरपाटी(साखु सडकखण्ड अझै निर्माण सम्पन्न भैसकेको छैन । धेरै ठाउँमा सडक मर्मत गर्दै छाडिएको छ । यसबाट स्थानीयवासी र सडक प्रयोगकर्ताले हैरानी भोग्दै आएका छन् ।यो सडक खण्ड काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ र २ मा पर्दछ । जहाँबाट क्रमशस् नेकपा एमालेका कृष्ण राई र नेकपा एसका अध्यक्

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 226 पटक पढिएको
  • लेटाङ घटना : प्रहरी हत्यामा संलग्न रहेको अभियोगमा ४९ पक्राउ

    विराटनगर / मोरङको लेटाङमा एक महिला प्रहरीको ज्यान जाने गरी भएको हिंस्रक घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका मध्ये २० जनामाथि  प्रहरीले कर्तव्य ज्यान मुद्दामा कानुनी कारवाही अघि बढाएको छ ।लेटाङको खेरुवा – ५ स्थित शिक्षा सेवा सेवा माविका शिक्षक मनोज पौडेलले आफ्नै विद्यालयकी छात्रामाथि यौन र्दुव्यवहार गरेको विषयमा स्थानीय र प्रहरीबिच झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठको ज्यान गएको थियो ।महिला प्रहरीको ज्यान जाने गरी भएको हिंस्रक घटना पछि प्रहरीले घटनामा संलग्न भएको अभियोगमा नियन्त्रणमा लिएका ४९ जना मध्ये छानविनका क्रममा दोषी पाइएका २० जनामाथि कर्तव्य ज्यान मुद्दामा कानुनी कारवाही अ

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 443 पटक पढिएको
  • ह्याण्ड ग्रिनेडसहित दुईजना ताप्लेजुङबाट पक्राउ

    ताप्लेजुङ//विष्पोटक पदार्थ (ह्याण्ड ग्रिनेड)सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।ताप्लेजुङको  फुङ्लिङ नगरपालिका–३ मेदिवुङमा बम (ह्याण्ड ग्रिनेड) देखाएर स्थानीयलाई धम्काउँदै हिँड्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–३ का चन्द्र मादेन र मिक्वाखोला गाउँपालिका–४ का सञ्जय लिम्बू रहेका छन्। उनीहरुले सडक निर्माण गरिरहेका कामदार र ठेकेदारलाई बम पड्काएर उडाईदिने धम्की दिएको ठेकेदार प्रकाश लिम्बूले जानकारी गराएका छन्। पक्राउ परेका दुबैजना सोहि निर्माण कम्पनीमा कार्यरत थिए। बम देखाएर धम्की दिएको ठेकेदारले जानकारी गराएपछि नेपाली सेनाका सेनानी उमेश श्रेष्ठ, ससस्त्र

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 197 पटक पढिएको
  • खोलाको पानीमा डुबेको अवस्थामा एक मृत फेला

    ओखलढुङ्गा  /  ओखलढुङ्गाको मोलुङ खोलामा पानीमा डुबीरहेको अवस्थामा एकजना मृत फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ओखलढुङ्गाको मानेभन्ज्याङ गाँउपालिका-९ का २५ वर्षीय ज्ञान प्रसाद पहाडी रहेका छन् । शनिवार बेलुका ५ बजे घरबाट हिँडेका पहाडीको खोजतलास गर्ने क्रममा साँझ साँढे ६ बजे पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 136 पटक पढिएको
  • पोखरीमा डुबेर बालकको मृत्यु

    सुनसरी  / सुनसरीको इटहरी १५  आवाधी मधेसा स्थितमा रहेको पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । स्थानीय बच्चु चौधरीका ५ बर्षीय छोरा रोहित चौधरीको खेल्ने क्रममा अचानक घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको हो । पोखरीमा डुबेको थाहा पाउनसाथ तत्काल उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो ३ बजे बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।  ।

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 228 पटक पढिएको
  • झापाको विद्यालयमा पनि यौन दुर्व्यवहार ,शिक्षक पक्राउ

     झापा //मोरङको  लेटाङ्गमा विद्यालयका शिक्षकले आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घटना सेलाउन नपाउँदै झापामा पनि एक शिक्षकले आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घटना सार्बजनिक भएको छ। लेटाङ्गको खेरुवास्थित शिक्षा विकास माबि मा एकसाता अघि भएको सो घटनाका कारण प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान नै गएको थियो। झापाको हल्दिबारी गाउँपालिका – १ गोलधापस्थित चिल्ड्रेन्स गार्डेन एकेडेमीमा अध्ययनरत १३ वर्षीया छात्रा  पनि आफ्नै शिक्षकको यौन दुर्व्यवहारमा परेकी हुन्।  यौनजन्य दुर्व्यवहारको आरोपमा प्रहरीले बिर्तामोड नगरपालिका– १० निवासी अन्दाजी ४० वर्षीय श्रीप्रसाद सिवाकोटी

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 557 पटक पढिएको
  • चन्द्रपुर -६ मा आगलागी ,एक घर र गोठ जलेर नष्ट

    रौतहट // रौतहटको चन्द्रपुर नगरपालिका वडानम्बर ६ मा शनिवार आगलागी भएको छ। जङ्गलमा सल्केको आगो  हावाहुरीका कारण शनिवार मानव बस्तीमा नै प्रवेश गरेपछि  एक घर र एक गोठमा आगलागी भएको हो । नीरश राय यादबको घर र सुमित्रा देबी श्रेष्ठको प्रदिप पशु फार्मको गोठ जलेर नष्ट भएको प्रहरीले बताएको छ । आगलागी बाट नीरश रायको अन्नपात सबै जलेर नष्ट भएको बताइएको छ। आगलागीको सुचना पाउनासाथ  चन्द्रपुर नगरपालिकाको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रण गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक लिलाराज लामिछानेले  जानकारी गराएका छन्। क्षतिको व

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 214 पटक पढिएको
  • एसिड प्रहार गरेको आरोपमा जेठाजु र ससुरा पक्राउ

    वीरगञ्ज / महिलालाई एसिड प्रहार गरेको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरपालिका–१३ श्रीपुर बस्ने ३२ पीडित महिलाको जेठाजु वर्षीय रामबाबु साह र ससुरा हवारी साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको हो ।उमेशकी श्रीमती २८ वर्षीया सीता पटेल आफ्नो माइतीघर कलैया उपमहानगरपालिका–२३ स्थित कोरिया टोल आउने क्रममा मोटरसाइकलमा आएका दुवैले उनलाई एसिड प्रहार गरेका थिए ।

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 171 पटक पढिएको
  • महोत्सवमा डुंगा पिङ भाँच्चिदा १४ जना घाइते

    कपिलवस्तु / कपिलवस्तुको बांणगंगा जितपुरमा सञ्चालित कपिलवस्तु महोत्सवमा डुंगा पिङ भाँच्चिदा १४ जना घाइते भएका छन् ।महोत्सवमा गएका दर्शकहरू सवार पिङ शुक्रबार साँझ भाँचिएर दुर्घटना हुँदा तीन जना भने गम्भीर घाइते भएका छन् ।गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका  का अर्जुन क्षेत्री , सिर्जना थारु र कपिलवस्तु नगरपालिकाकी आकृति खनाल रहेका छन् । उनीहरूको बुटवलको एक निजी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिएका छन् ।घाइते मध्ये ४ जना सामान्य उपचारपछि घर फर्केका र ७ जनाको कपिलवस्तुमै उपचार भइरहेको प्रहरीले जनाएको छ

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 141 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.