सुनसरी  / सुनसरीको इटहरी १५  आवाधी मधेसा स्थितमा रहेको पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । स्थानीय बच्चु चौधरीका ५ बर्षीय छोरा रोहित चौधरीको खेल्ने क्रममा अचानक घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको हो । 

पोखरीमा डुबेको थाहा पाउनसाथ तत्काल उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो ३ बजे बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।  ।