ओखलढुङ्गा  /  ओखलढुङ्गाको मोलुङ खोलामा पानीमा डुबीरहेको अवस्थामा एकजना मृत फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ओखलढुङ्गाको मानेभन्ज्याङ गाँउपालिका-९ का २५ वर्षीय ज्ञान प्रसाद पहाडी रहेका छन् । 

शनिवार बेलुका ५ बजे घरबाट हिँडेका पहाडीको खोजतलास गर्ने क्रममा साँझ साँढे ६ बजे पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।