ताप्लेजुङ//विष्पोटक पदार्थ (ह्याण्ड ग्रिनेड)सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

ताप्लेजुङको  फुङ्लिङ नगरपालिका–३ मेदिवुङमा बम (ह्याण्ड ग्रिनेड) देखाएर स्थानीयलाई धम्काउँदै हिँड्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–३ का चन्द्र मादेन र मिक्वाखोला गाउँपालिका–४ का सञ्जय लिम्बू रहेका छन्।

OM Sai Pathibhara Hospital

उनीहरुले सडक निर्माण गरिरहेका कामदार र ठेकेदारलाई बम पड्काएर उडाईदिने धम्की दिएको ठेकेदार प्रकाश लिम्बूले जानकारी गराएका छन्।

पक्राउ परेका दुबैजना सोहि निर्माण कम्पनीमा कार्यरत थिए। बम देखाएर धम्की दिएको ठेकेदारले जानकारी गराएपछि नेपाली सेनाका सेनानी उमेश श्रेष्ठ, ससस्त्र प्रहरीका प्रहरी उपरिक्षक रोशन बुढाथोकी र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरिक्षक राकेश यादवको टोली पुगेको थियो।

बरामद गरिएको बम ह्याण्ड ग्रिनेड भएको र हाललाई खतरामुक्त रहेको प्रहरी निरिक्षक यादवले जानकारी गराएका छन्। 

सो बमलाई अदालतबाट स्विकृती लिएर डिस्पोज गरिने उनले बताएका छन्।