सोलुखुम्बु  / सोलुखुम्बुमा श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफ्नी ३७ वर्षीय श्रीमती मनिला राईको हत्या गरेको अभियोगमा सोलुखुम्बुको माप्य दुधकोसी गाउँपालिका–४का चन्द्र राईलाई पक्राउ गरेको प्रहरीले जनाएको हो । 

बुधवार राती साँढे ७ बजेको समयमा राईले श्रीमती लाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।  राईले सामान्य वादविवादको क्रममा रिसको आवेगमा श्रीमतीलाई खुकुरी प्रहार गरेपछि मनिलाको  घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको हो ।  

OM Sai Pathibhara Hospital

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।