रौतहट // रौतहटको चन्द्रपुर नगरपालिका वडानम्बर ६ मा शनिवार आगलागी भएको छ।

जङ्गलमा सल्केको आगो  हावाहुरीका कारण शनिवार मानव बस्तीमा नै प्रवेश गरेपछि  एक घर र एक गोठमा आगलागी भएको हो ।

OM Sai Pathibhara Hospital

नीरश राय यादबको घर र सुमित्रा देबी श्रेष्ठको प्रदिप पशु फार्मको गोठ जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

आगलागी बाट नीरश रायको अन्नपात सबै जलेर नष्ट भएको बताइएको छ।

आगलागीको सुचना पाउनासाथ  चन्द्रपुर नगरपालिकाको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रण गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक लिलाराज लामिछानेले  जानकारी गराएका छन्।

क्षतिको विवरण भने आउन बाँकी नै छ।