काठमाडौँ । काठमाडौंको तीनकुने क्षेत्र राजावादीहरूको प्रदर्शन उग्र बनेको संधर्भ काबु कार्यक्रित होन गएपछि जिल्ला प्रशासनका कार्यालयो निषेधाज्ञा जारी गरेको छ।भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीले स्थिति नियन्त्रणबाहिर जानगएकाले निषेधाज्ञा जारी गरियोको बताए।तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।
काठमाडौं— तीनकुने क्षेत्र अहिले तनावग्रस्त छ । राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोडन खोजेको र प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। प्रहरीले नै प्रहार गरेको अश्रुग्यास टिपेर प्रहरीलाई नै प्रदर्शनकारीले प्रहार गरेपछि दोहोरो झडप नै भएको थियो। झडपका क्रममा केही घाइते भएका छन् । यतिबेला अश्रुग्यासले तितरवितर भएका प्रदर्शनकारी तीनकुनेको सडक गल्ली तथा नजिकैका घरको कम्पाउण्डमा बसिरहेका छन् । त्यही घरमा रहेको पानी ट्यांकीको पानी प्रयोग गरेर अश्रुग्यासले पोलेको आँखा धुँदै प्रतिआक्रमण गर्ने योजना प्रदर्शनकारीले बुनिरहेका छन् । उनीहरूले बाइकबा
काठमाडौं— भारतमा तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ। दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ भारतको बहराइचमा बिहीबार दुर्घटना भएको जनाइएको छ।सोही दुर्घटनामा परि गाडी चालक तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईँ र सोही वडाका जितबहादुर वलीसहित चारजनाको मृत्यु भएको तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीले जानकारी दिए।अन्य दुई जनाको पहिचान हुन बाँकी छ। अन्य दुई जना पनि तुलसीपुर निवासी नै रहेको वडाध्यक्ष जिसीले बताए। गाडीमा नौ जना सवार रहेको र सबै तुलसीपुरकै रहेको खुलेको छ। गाडीम
काठमाडौं— राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोडन खोजेको र प्रहरीमाथि आक्रमण गर्न थालेपछि अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको बताएका छन्।राजावादीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको दोहोरो झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। विरोध सभा सुरू हुन नपाउँदै कार्यक्रम विथोलिएको छ। प्रहरीले तीनकुनेको पुलदेखि बानेश्वर क्षेत्रमा प्रदर्शनकारीलाई रोक लगाएको थियो।तर,राजावादी समर्थकहरू सो क्षेत्रमा जान खोजेपछि प्रहरी र उनीहरूबीच दोहोरो झडपको स्थिति सिर्जना भएको हो।
काठमाडौं— प्रहरीले काठमाडौंको तीनकुनेबाट केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ । प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि उनिहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले पूर्वराजाका समर्थकहरुलाई बानेश्वरतिर जानबाट रोक्ने अश्रुग्याँस र लाठी प्रहार गरेको छ । बानेश्वर प्रवेश गर्न खोज्ने ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समिति’लाई स्थानिय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएक
काठमाडौं— काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको कार्यक्रममा अश्रुग्यास प्रहार गरिएको छ । अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ ।सभामा विभिन्न ठाउँबाट आएका मानिसहरु प्रदर्शनमा आइरहेका थिए । सोही क्रममा प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो । प्रहरीको घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ ।सभाका लागि विभिन्न ठाउँबाट राजाका समर्थकहरु भेला हुन तिनकुने आउने क्रम जारी थियो । उनीहरुको सभा सुरु नहुँदै तनाव सिर्जना भएको छ ।कार्यक्रम बिथोलिएपछि नेताहरु कार्यक्रमस्थलबाट हिँडेका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् ।
तानसेन (पाल्पा) । आलु, गहुँलगायत बाली भित्र्याएका पाल्पाका किसानलाई चैते धान रोपाइँको चटारो थपिएको छ । यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका अधिकांश किसान एक सातायता चैते धानको रोपाइँमा व्यस्त छन् । पूर्वखोला गाउँपालिका–३ कलौलीकी गोमाया कामु अहिले चैते धान रोप्न व्यस्त छिन् । गर्मी मौसमका कारण अन्य स्थानमा खडेरी परेको समयमा उनको परिवारलाई भने कुलोको पानीले सिञ्चित भएको पाँच रोपनी खेतमा चैते धान रोप्न भ्याइनभ्याइ छ । पानीको सुविधा भएको र उत्पादन पनि हुने भएकाले बर्सेनि चैते धान रोप्दै आएको कामु बताउँछिन् ।‘चैते धानका लागि पानीको समस्या हुँदैन । उत्पादन पनि राम्रै हुन्छ’, उनले
सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी मुद्दाको छ दिनमै अनुसन्धान सकाएर प्रहरीले बिहीबार प्रतिवेदन सरकार वकिललाई बुझाएको हो ।अनुसन्धान प्रतिवेदन प्राप्त भएको र त्यसको अध्ययन गर्ने काम भइरहेको जिल्ला न्यायाधिवक्ता राजेन्द्र बस्नेतले जानकारी दिए । अध्ययनपछि उक्त प्रतिवेदन अदालतमा अभियोगपत्रका रुपमा दायर गरिने उनले बताए ।औरहीका दलित समुदायका दीपक मल्लिकको घर भत्काएको घटनामा यही चैत ९ गते साँझ गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ
काठमाडौं— नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ महाधिवेशन २०८२ जेठ ९–१०–११ गते हुने भएको छ । शुक्रवार बसेको युवासंघको पदाधिकारी बैठकले युवासंघको महाधिवेशन मिति तय गरेको हो ।महाधिवेशनस्थल पोखरा हुने भएको छ । महाधिवेशन सम्पन्न गर्न सङ्घका अध्यक्ष क्षितिज थेवेको संयोजकत्वमा उपाध्यक्षहरू कृष्णहरि केसी, महाराज गुरुङ, प्रकाश गौतम सहसंयोजक र महासचिव सुमन पुरी सदस्य सचिव रहेको ५५५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको उपाध्यक्ष एवं प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए ।
काठमाडौं— १४ वटा शिक्षक संघ-संगठनले यही चैत २० गतेदेखि काठमाडौंमा वारपारको आन्दोलन गर्ने चेतावनी दिएका छन् ।संगठनका अध्यक्षहरूले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यो आन्दोलनमा सहभागी हुन शिक्षक कर्मचारीलाई अपिलसमेत गरेका छन ।संयुक्त विज्ञप्तिमा १४ संघ संगठनले भनेका छन्, ‘विगतमा भएका सबै सहमती सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक(कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न एकपटक फेरि अझ बलियो र ठूलो आन्दोलन उठाउनु पर्ने भएको छ। यसका लागि २०८१ चैत्र २० गतेबाट वारपारको लडाईंको रुपमा काठमाडौं केन्द्रित सडक आन्दोलन गरिंदैछ । यसर्थ देशभरका सबै शिक्षक-कर्मचारी साथीहरुलाई
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.