समाचार

    Showing 7,751-7,760 of 25,627 items.
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ । 

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 300 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ २० पैसा र बिक्रीदर ९३ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ७१ पैसा र बि

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 251 पटक पढिएको
  • आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)लक्ष्यप्रति एकाग्रता राख्न सकिनेछ भने सफलता सुनिश्चित हुनेछ। लगानी लाभदायक बन्नेछ। आँट र साहसिक प्रयासले नयाँ अवसरहरू प्राप्त हुने संकेत छ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)पुराना आकाङ्क्षा पूरा हुने समय आएको छ। मिहिनेतको कदर हुनेछ। कर्मक्षेत्रमा प्रगति र सम्मान बढ्ने सम्भावना छ।मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह)सकारात्मक सोच र पहलले अपेक्षित सफलता दिनेछ। नयाँ जिम्मेवारी हात पर्नेछ। प्रतिष्ठा र प्रभाव बढ्ने समय हो।कर्कट - Cancer(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)मिहिनेतको प्रतिफल पाइनेछ। अवरोध देखिए पनि धैर्यपूर्वक अघि बढ्दा

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 423 पटक पढिएको
  • आगलागी हुदा ५० लाखभन्दा बढीको क्षति

    ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ भञ्ज्याङ बजारमा विद्युत् सर्ट भएर आगलागि भएको छ।स्थानीय डेनी तामाङको टिनले छाएको पक्की घरको चौथो तलाबाट भएको आगलागीका कारण रु ५० लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।आगलागीबाट टिनको छानो, काठपात, मेसिनरी सामान, ल्याप्टप, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जटाशंकर यादवले जानकारी दिएका छन।आगलागी भएको खबर प्राप्त भएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी र स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा आएको हो।

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 271 पटक पढिएको
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारसमक्ष आफ्ना माग प्रस्तुत

    काठमाण्डौ  ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारसमक्ष आफ्ना माग प्रस्तुत गरेका छन् । शुक्रवार बेलुका सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेका थिए ।प्रसाईंले मागपत्र बुझाए लगत्तै गृहमन्त्री अर्यालले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने बताएका छन् । गृह मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री कार्की र प्रसाईंबीच वार्ताका लागि थप छलफल अघि बढाउने छलफल भएको छ ।गृह मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री कार्की र प्रसाईंबीच वार्ताका लागि थप छलफल अघि बढाउने छलफल भएको छ ।

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 456 पटक पढिएको
  • कोशी सरकारले सुरु गर्यो दुहबीबाट सेवा पुनस्र्थापनाको अभियान

    विराटनगर । जेन्जी आन्दोलनले स्थानीय तहका कार्यालयहरूमा पु¥याएको क्षतिपछि सेवा प्रवाह सुचारु गराउन कोशी प्रदेश सरकारले सुरु गरेको पुनस्र्थापना अभियानअन्तर्गत दुहबी नगरपालिकामा करिब १८ लाख रुपैयाँ बराबरका ११ प्रकारका सामग्री प्रदान गरिएको छ  ।प्रदेश सरकारको विशेष पहलमा आज एक समारोहबीच मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दुहबी नगरपालिकाका नगरप्रमुख वेद नारायण गच्छदारलाई सामग्री हस्तान्तरण गरेको उनको सचिवालयले बताएको छ । गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि ध्वस्त भएका कार्यालयहरूको पुनस्र्थापनाका लागि कोशी प्रदेशका ३० पालिकामा ६ करोड १८ लाख रुपैयाँ बराबरको सामग्री वितरण गर्ने सरकारको य

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 342 पटक पढिएको
  • ‘घर निर्माण फेस्ट २०८२’ दोस्रो संस्करणको औपचारीक घोषणा

    काठमाडौं । घर निर्माण फाउण्डेसनद्वारा गर्न लागिएको घर निर्माण फेस्ट २०८२ को दोस्रो संस्करणको औपचारीक घोषणा भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै फाउण्डेसनले नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोग मार्फत नयाँ उचाईमा पुयाउने उद्देश्यसहित फेस्ट आगामी पुस १२ देखि १५ गतेसम्म काठमाडौस्थित भुकुटीमण्डपमा आयोजना हुन लागेको जानकारी दिएको हो । नेपालमा निर्माण तथा व्यवाधिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरुले अझै पनि समान रुपमा ब्रान्ड प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्वन्ध स्थापित गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक रुपमा प्रदर्शन गर्न विभिन्

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 287 पटक पढिएको
  • सरकारसँग वार्ता गर्न सिंहदरबारमा दुर्गा प्रसाईं

    काठमाण्डौ  ।  राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सिंहदरबार पुगेका छन् ।गत सोमबार थुनामुक्त भएका राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं र गृहमन्त्री ओमप्रकाश अर्यालबीच गृह वार्ता सुरु भएको छ । उनीहरुबीच गृह मन्त्रालयमा औपचारिक वार्ता प्रारम्भ भएको हो । अभियन्ता प्रसाईंको समूहसँग सरकारले यसअघि दुई चरणमा वार्ता गरिसकेको थियो ।प्रसाईंले ७ मंसिरदेखि देशभर बन्द आह्वान गर्दै पत्राचार गरेका थिए। तर ६ मंसिरको राति बालुवाटारमा प्रसाईं समूह र सरकारबीच सहमति जुटेपछि आन्दोलन स्थगित गरिएको थियो।यसअघि मंसिर १ गते राति

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 414 पटक पढिएको
  • पूर्व एआईजी विश्वराज पोखरेल रास्वपा प्रवेश

    काठमाण्डौ । नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।पार्टी कार्यालय बनस्थलीमा शुक्रबार भएको एक कार्यक्रममा पोखरेल रास्वपा प्रवेश गरेका हुन् । पोखरेलले २०७७ मंसिर २५ गते एआइजी भएर २०७९ साउन २ गते पदबाट राजीनामा दिएका थिए । पोखरेललाई रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले पार्टीमा स्वागत गरेका छन् ।  

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 534 पटक पढिएको
  • निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

    काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र र निर्वाचन सुरक्षाका लागि म्यादी (अस्थायी) प्रहरीको सङ्ख्या यकिन गरी आवश्यक प्रक्रिया सुरु गर्न सम्बद्ध निकाय तयारीमा जुटेका छन् । यसअघिको पूर्वानुमानभन्दा नयाँ मतदाता थप भई सङ्ख्या बढेकाले एकीकृत निर्वाचन सुरक्षा योजनामा प्रक्षेपित एक लाख ३२ हजार म्यादी प्रहरी बढाउनुपर्ने आवश्यकता देखिएपछि सम्बद्ध निकाय तयारीमा जुटेका हुन् ।गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले निर्वाचन सुरक्षा योजना कार्यान्वयनका क्रममा नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु गर्ने बताए । नयाँ मतदाताको सङ्ख्यालाई आकलन

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 373 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.