समाचार

    Showing 7,341-7,350 of 19,565 items.
  • कर्तव्य ज्यानका फरार व्यक्ति नागढुङ्गाबाट पक्राउ

    काठमाडौं— काठमाडौंको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९ मा एक जना महिलाको शव फेला परेको थियो । नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ मृत भेटिएकी हुन् ।विमलाको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका घर भएका ४० वर्षीय रामचन्द्र पन्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए । पूर्व भारतीय सैनिक रहेका पन्त अहिले भारतीय सेनाबाट पेन्सन बुझ्ने गरेको पाइएको छ ।गेस्ट हाउमा विमलाको हत्या गरेर उनी फरार भएका थिए । मङ्गलवार भारतबाट नेपाल फर्किँदै गरेको अवस्थामा उनलाई नागढुंगाबाट पक्राउ गरिएको एसपी बोहराले जान

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 328 पटक पढिएको
  • विवाह समारोहमा करेन्ट लाग्दा २ महिलाको मृत्यु, एक घाइते

    विराटनगर — मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ । गए राति रतुवामाई नगरपालिका–३, स्थित मिर्चा डाँगी टोलमा भएको एउटा विवाह समारोहमा सहभागी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सूर्यदेवी गनगाईंको मृत्यु भएको हो ।प्रहरीका अनुसार, स्थानीय मंगललाल सिंहका छोरा निरजकुमार विवाहमा नाचगान गरिरहेका बेला उनीहरूलाई करेन्ट लागेको थियो । राति आएको हावाहुरीले माइक टांगेको बाँस ढलेको थियो । बाँस हाइटेन्सन लाइनमा ठोक्किएर तार लत्रिँदा तीन महिलालाई करेन्ट लागेको थियो ।तीन जनामध्ये राधाकुमारी सिंहको अवस्था सामान्य रहेको जिल्ला मोरङ प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले ब

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 274 पटक पढिएको
  • काठमाडौंको मखन टोलमा लागेको आगो नियन्त्रणमा आयो

     काठमाडौं— काठमाडौ महानगरपालिका–२४ मखनटोलमा ग्यास लिक भएर लागेको आगो नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उक्त वडाका दुईवटा घरमा लागेको आगो नियन्त्रणमा लिइएको हो।काठमाडौं र ललितपुर महानगरपालिकाका वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाइएको हो । सोही आगलागीको घटनामा अन्दाजी ७० वर्षकी महिलाको शव निकालिएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 255 पटक पढिएको
  • मन्त्रिपरिषद् बैठक आज बस्दै

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बुधबार (आज) साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बस्नेगरी बोलाइएको हो ।सोमबार सार्वजनिक बिदा भएकाले उक्त दिन मन्त्रिपरिषद्को नियमित बैठक बस्न सकेको थिएन । आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्य नियुक्त गर्ने सम्भावना छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 284 पटक पढिएको
  • भरत तालमा डुबेर एक पुरुषको मृत्यु

    सर्लाही— सर्लाहीको बागमती नगरपालिका–१२ स्थित निर्माणाधीन बागमती माछा पोखरी  (भरत ताल) मा डुबेर एक पुरुषको मृत्यु भएको छ।मृत्यु हुनेमा सोही नगरपालिका- ४ जिरायत बस्ने ६७ वर्षीय पाले सार्कीको तालमा डुबेर मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय हरिवनका अनुसार सार्कीलाई तालमा मृत भेटिएका थिए । उनलाई उक्त तालमा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।अत्यधिक गर्मी भएपछि गर्मी छल्न पौडी खेल्न तालभित्र पस्दा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ ।मृतकको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमपछि परिवारले बुझेका छ्न् ।घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 299 पटक पढिएको
  • गुणाकर भट्टको योग्यतामा प्रश्न उठाउने वकिलहरू विश्व पौडेलविरुद्ध पनि सर्वोच्चमा रिट दायर

    काठमाडौं— नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले पौडेलविरुद्ध रिट दायर गरेका हुन् ।उप्रेती र थापाले नै राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टको योग्यतामा प्रश्न उठाएर पूरक निवेदन दर्ता गरेका थिए ।सर्वोच्च प्रशासनका अनुसार पौडेलविरुद्धको रिट सर्वोच्चमा पेस भए पनि दर्ता भएको छैन । रिटमा राजनीतिक दलबाट सिधै गभर्नर नियुक्ति गर्दा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल हुने दाबी गरिएको छ ।  अधिवक्ता उप्रेती र थापाले ६५ वर्षे उमेरहद नलाग्ने गर

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 352 पटक पढिएको
  • चितवनको खैरहनीमा दुई समूहबीच खुकुरी हानाहान, तीन युवा घाइते

    काठमाडौं— चितवनमा दुई समूहबीच भएको खुकुरी प्रहार घटनाको भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ ।चितवनको खैरहनीको एक रेस्टुरेन्टमा दुई समूहबीच झगडा भएको हो । चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार, घटनामा संलग्नहरूको पहिचान भइसकेको र खोजी कार्य भइरहेको छ ।उनका अनुसार पुरानो रिसईबीका कारण एक समूह रेस्टुरेन्टमा बसिरहेका बेला मंगलबार बिहान अर्को समूह गएर खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट चितवन खैरहनीकै दिपक गोले, गणेश लामा र अमृत आचार्य घाइते भएका छन् ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 346 पटक पढिएको
  • नेपालमाथिको हस्तक्षेप बन्दको माग गर्दै भारतीय दुतावास अगाडि प्रदर्शन

    काठमाडौं— नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै काठमाडौंस्थित भारतीय दुतावास अगाडि प्रदर्शन भएको छ । मंगलबार काठमाडौंस्थित भारतीय दुतावास अगाडि प्रदर्शन भएको हो ।नेपाली भूमि भारतमा पार्ने बद्नियतले भारत सरकारले महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध निर्माण गरिरहेको भन्दै बिरोध जनाइएको हो ।विरुद्ध ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ‘ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले भारतीय दुतावासमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले नेपालमाथिको हस्तक्षेप बन्द गर, इण्डियन हस्तक्षेप मुर्दावाद, राष्ट्रपतिदेखि सबै कर्मचारीसम्मको सेवा सुविधा समान गर, गोर्खा भर्तीमा सम्झौता खारेज गर, मिटरब्याजी पीडितको सम्पती फ

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 276 पटक पढिएको
  • इमाडोलमा केटी साथीको कोठामा गएका युवकको मृत्यु

    काठमाडौं— ललितपुरको इमाडोलमा केटी साथीको कोठामा गएका एक युवकको मृत्यु भएको छ । गएराति भाडामा बस्ने एक युवतीको कोठामा गएका इमाडोलका ३१ वर्षीय जीवेश अधिकारीको मृत्यु भएको हो ।केटी साथीको कोठामा गएका युवक एक्कासी ढलेपछि उपचारका लागि किस्ट अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकले मंगलबार बिहान ७ः३० बजे अधिकारीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।घटनाबारे आज बिहानमात्रै थाहा पाएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानबाट मृतक अधिकारीको केटी साथी काभ्रे जिल्ला स्थायी ठेगाना भएकी २२ वर्षीया युवती रहेको खुलेको छ । अचानक राती बेहोस भएपछि ती युवतीले उनलाई

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 274 पटक पढिएको
  • ‘जनताको करबाट तलब खान योग्य नभएको’ भन्दै सांसद गीता गुरुङले दिइन राजीनामा

    दाङ— लुम्बिनी प्रदेशसभाकी सांसद गीता गुरुङले मंगलबार पदबाट राजीनामा दिएकी छन्। सीके राउत नेतृत्वको जनमत पार्टीबाट समानुपातिक प्रणालीमार्फत प्रदेशसभा सदस्य बनेकी गुरुङले लुम्बिनी प्रदेशसभाका सभामुखसमक्ष राजीनामा पत्र बुझाएकी हुन्।राजीनामा पत्रमा उनले देश र जनताको पीरमर्का आफूले राम्ररी बुझेको उल्लेख गर्दै राष्ट्र र जनताभन्दा माथि केही नहुने आफ्नो अडान प्रस्ट्याएकी छन्। उनले लेखेकी छन्, ‘आदरणीय जनताको सेवा गर्ने उद्देश्यले राजनीतिमा प्रवेश गरेकी हुँ, तर अहिले मेरो कार्यक्षमताप्रति आशा राखिरहेका स्वाभिमानी जनताका सपना म पूरा गर्न असमर्थ छु भन्ने गहिरो अनुभूति भएको छ।’जनताले तिरेको करबाट सुविधा लि

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 252 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा