समाचार

    Showing 7,221-7,230 of 19,553 items.
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागको केहि स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्था

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 316 पटक पढिएको
  • रवि छबिको रिट निवेदनमा आज पनि हेर्दा हेर्दैमा

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।लामिछाने र पूर्वडीआईजी छविलाल जोशी दुवैतर्फका अधिवक्ताहरूको बहस सकिएको छ ।  भोलि सरकारी वकिलको बहस सकिएपछि पीडितका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि जवाफी बहस सुरु हुनेछ ।

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 269 पटक पढिएको
  • तीनकुने प्रकरण : दुर्गा प्रसाईँलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाण्डौ । चर्चित व्यवसायी दुर्गा प्रसाईँ तीनकुने प्रकरणमा अझै प्रहरी निगरानीमै रहने भएका छन्। तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।चैत १५ गतेको घटनासँग सम्बन्धित अनुसन्धानलाई टुंगोमा पुर्‍याउन काठमाडौँ जिल्ला अदालतले उनीसहित पक्राउ परेका अन्य व्यक्तिलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो। बिहीबार अदालतले प्रहरीलाई दिएको आदेशपछि अब काठमाडौँ प्रहरी परिसरले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने अन्तिम तयारी गरिरहेको जनाएको छ। घटनामा संलग्नताका आधारमा कानुनी कारबाहीको दायरा फराकिलो हुने

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 173 पटक पढिएको
  • केशर छन्त्यालसहित १३ एमाले नेता माओवादीमा प्रवेश

    काठमाडौं— नेकपा (एमाले) का गण्डकी प्रदेश सदस्य केशर छन्त्यालले नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्।बिहीबार  बाग्लुङको ढोरपाटनमा आयोजित राजनीतिक सभामा छन्त्यासहित १३ जना एमाले नेताहरू माओवादी केन्द्र प्रवेश गरेका हुन्।छन्त्यालसहितका नेताहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा स्वागत गरेका छन्।उनीहरूलाई उपयुक्त जिम्मेवारी दिने पनि दाहालले बताएका छन्।

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 193 पटक पढिएको
  • उदयपुरमा यौनधन्दा चलाउने र संलग्न १३ जनाविरुद्ध मुद्दा दर्ता

    उदयपुर— उदयपुरमा यौन धन्दा सञ्चालन गर्ने र संलग्न हुने १३ जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीका यौन धन्दा चलाउने संलग्नको आरोपमा पक्राउ परेका १३ जनाविरुद्ध अनुसन्धान गरी सरकारी वकिल कार्यालय उदयपुरमार्फत जिल्ला अदालतमामा मुद्दा दर्ता गरिएको हो।उनले गएको वैशाख १६ गते जाहेरवाला ९सांकेतिक नाम गाईघाट ८४ (क र गाईघाट ८५(ख) ले नाबालिका छोरी पीडित वर्ष १३ की (साङ्केतिक नाम गाईघाट ८४) र पीडित वर्ष १५ की गाईघाट ८५ लाई कानुनको विवादमा परेका बालक (साङ्केतिक नाम गाईघाट ८६, गाईघाट ८७० स्थायी घर झापा कन्काई नगरपालिका–४ भएक

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 246 पटक पढिएको
  • सहकारी ठगी प्रकरणः एमाले नेता अर्याल पक्राउ

    काठमाडौं— सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारी संस्थाको रकम ठगी प्रकरणमा नेकपा एमालेका नेता कृष्ण अर्याल पक्राउ परेका छन् ।ऋण लिएर नतिरेपछि ठगी मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका अर्याललाई सोह्रखुट्टे प्रहरीले पक्राउ गरी अपराध महाशाखालाई बुझाएको हो ।उनी आफैँ सञ्चालक समितिमा रहेर सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारी सस्थाबाट २०७४ साल जेठ ३० गते एघार लाख पचास हजार ऋण लिएका थिए । पछि भुक्तानीका लागि पटकपटक आग्रह गर्दा पनि अटेर गरेको उनीमाथि आरोप छ ।अर्याल एमाले पर्यटन विभागका सदस्य समेत हुन् ।

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 238 पटक पढिएको
  • जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत

    काठमाडौं— चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा २५ श्ययाको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत भएको छ । जर्मन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ‘स्याटेलाइट’ अस्पतालका रुपमा सो स्थानमा नयाँ अस्पताल बन्न लागेको हो । यसका लागि जर्मन विकास बैंक (केएफडब्लु) ले प्रारम्भिक खाका स्वीकृत गर्दै विस्तृत खाकाको तयारी थालेको जानकारी नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र चन्द्रागिरि नगरपालिकालाई जानकारी गराएको छ ।यो खाकाकोे तयारीसँगै अव भवन बनाउन बोलपत्रको बाटो खुला भएको छ भने  छिट्टै बोलपत्र आह्वान हु

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 251 पटक पढिएको
  • पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी भएपछि...

    काठमाडौं— सुदूरपश्चिम प्रदेशका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीको घरमा चोरी भएको छ । कैलालीको लम्किचुहा नगरपालिकां—४ बलियामा रहेको उनको निजी निवासमा चोरी भएको हो ।चोरले मन्त्रीको घरबाट सुनको औंठी, सिक्री, चाँदीका गहनासहित ६५ हजार रुपैयाँ नगद चोरेको पाइएको छ । घरमा चोरी भएको बारे मन्त्रीको दिदी नाता पर्नेले प्रहरीमा जानकारी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यलय कैलालीका अनुसार उक्त घर विगत तीन महिनादेखि बन्द थियो ।उक्त घरको दोश्रो तलाको ग्रिल फोडेर चोरी गरेको प्रहरीले जनाएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरिसकेको छ ।चोरले मन्त्रीको घरबाट सुनको औंठी, सिक्

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 185 पटक पढिएको
  • शव लिएर काठमाडौं जाँदै गरेको एम्बुलेन्स दुर्घटना

    काठमाडौं— रामेछाप जिल्लाको दोरम्बाबाट शव लिएर काठमाडौं जाँदै गरेको एम्बुलेन्स खाडादेवी गाउँपालिकां—३ भिरपानीमा दुर्घटना भएको छ । दुर्घटनामा दुईजना घाइते भएको इलाका प्रहरी कार्यालय चोप्राङले जानकारी दिएको छ । आत्महत्या गरेका व्यक्तिको शव लिएर एम्बुलेन्स काठमाडौं जाँदै गरेको उक्त एम्बुलेन्स दुर्घटना भएको थियो।प्र ३ -०१-००२ झ ५८०३ नम्बरको एम्बुलेन्स दुर्घटना भएको इलाका प्रहरी कार्यालय चोप्राङका प्रहरी जवान भुपेश आछामीले जानकारी दिए । दुर्घटनामा परी दोरम्बा शैलुङ्ग गाउँपालिका- २ का ४१ वर्षीय नारायण नेपाली र ५३ वर्षीय दीपबाहादुर दमाई घाइते भएका छन्।एम्बुलेन्समा  एकजना प्रहरी जवान र चालकसहित ४

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 169 पटक पढिएको
  • रविको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ हुँदै

    काठमाण्डौ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज हुने भएको छ ।सर्वोच्च अदालतले मंगलबारदेखि निवेदनमाथि सुनुवाइ थालेको थियो । तर, बुधबार संवैधानिक इजलास भएकाले बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ हुन सकेन ।विहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण रिटको पेसी तोकिएको छ । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि भैरहवा कारागारमा छन् ।

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 193 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा