कैलाली— कैलालीमा मलद्वारमा लागूऔषध खैरो हेरोइन लुकाएको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरले मलद्वारमा सात ग्राम दुई सय मिलिग्राम लागूऔषध खैरो हेरोइन लुकाएर ल्याउने लम्कीचुहा नगरपालिका-१ बस्ने २८ वर्षीय सेराज सल्मानीलाई पक्राउ गरेको हो।

उनलाई टीकापुर नगरपालिका–९, खकरौला बिट नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

विशेष सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दै उनीमाथि तलासी गर्ने क्रममा मलद्वारभित्र लुकाई राखेको कालो प्लास्टिकको एक पोका खैरो हेरोइन बरामद गरेको हो । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।