काठमाण्डौ । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा आवेदन माग गरेको छ ।
शुक्रबार सूचना जारी गरी प्रहरीले २१ जना इन्सपेक्टर र ४३८ जना असईका लागि आवेदन आह्वान गरेको हो । इन्सपेक्टरका लागि आगामी पुस ६ गतेदेखि माघ ५ गतेसम्म र असईका लागि पुस ९ देखि माघ ८ सम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।
प्रहरी निरीक्षकका लागि आवेदन दिने अन्तिम मितिसम्म २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ भने प्रहरी सहायक निरीक्षक तर्फ १८ वर्ष पूरा भई २४ वर्ष नकटेको हुनुपर्नेछ।







































