समाचार

    Showing 25,201-25,210 of 26,065 items.
  • सार्वजनिक यातायातमा ठगि, मनपरी भाडा असुल्दै व्यवसायी

    काठमाडौँ / यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले राजधानीमै सकेजति असुल्न थालेका छन्।विभागको वेबसाइटमा गत असार ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ । राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा विभागले अनुगमन नगरेको यात्रुको गुनासो छ । यात्रु रामचन्द्र सिम्खडाले शुक्रबार गोकर्णेश्वरबाट जोरपाटीसम्म तीन किमीभन्दा कम दूरी यात्रा गरेको भाडा २० रुपैयाँ असुलेको बताएका छन्। बढी भाडा लिने बा२ख ६८०५ नंको बसका बारेमा प्रहरीलाई जानकारी गराए पनि कारबाही नभएको उनको गुनासो छ ।ट्राफिक प्रहरीको नं १०३

    • प्रकाशित मितिः साउन २, २०७८
    • 62 पटक पढिएको
  • ओलीको गृह जिल्लामा खेलकुद महासंघको र्याली

    बिर्तामोड / सर्बोच्च अदालतको फैसलाको विरोध गर्दै एमाले निकट नेपाल खेलकुद महासंघले झापामा मोटरसाइकल र्याली आयोजना गरेको छ । सर्वोच्च अदालतको असार २८ गतेको फैसला पछि केपी ओली नेतृत्वको सरकार विघटन भएको थियो। अदालतमा श-शरिर बहुमत उपस्थित भएर हस्ताक्षर बुझाएका शेर बहादुर देउवालाई प्रधानमत्री बनाउन अदालतले परमादेश जारि गरेको थियो । ओलीको बहिर्गमन पछि उनको पार्टी नेकपा एमाले र भातृ संगठनहरुले निरन्तर आन्दोलन गरिरहेका छन् । शनिबार झापामा खेलकुद महासंघले मोटरसाइकल र्याली आयोजना गर्यो । दमक र काकरभिट्टावाट एकसाथ सुरु भएको र्यालीमा सयौ युवाको सहभागिता थियो । र्यालीले अदालतले सिमा नाघेर गरेको फैसला

    • प्रकाशित मितिः साउन २, २०७८
    • 417 पटक पढिएको
  • एसएमजी देखाउँदै तीन जनाको समूहको सुन लुट्ने प्रयास

    इटहरी / मोरङको सुन्दरहरैचामा अत्याधुनिक मेसिनगन (एसएमजी) देखाउँदै एक सुन पसल लुट्ने प्रयास भएको छ । तीन जनाको समूहले सुन्दरहरैचा १०मा रहेको त्रिवेणी चौकबाट सुन पसल लुट्न प्रयास गरेको हो।प्रहरीका अनुसार शिव पाञ्चायन ज्वेलर्समा शुक्रबार दिउँसो उक्त समूहले लुटपाटको प्रयास गरेको र सञ्चालक खगेन्द्र थापाका अनुसार उनकी श्रीमती बाहिर गएर चोर आयो भनेर चिच्याउन थालेपछि मानिसहरु जम्मा भए पछि उनीहरु बन्दुक देखाउँदै भागेको भिडियो सिसिटिभी क्यामेरामा कैद भएको थियो ।उनीहरूले मोटरसाइकलको नम्बर प्लेट छोपेको बताइएको छ । सुरुमा उनीहरुले पेस्तोल देखाएका थिए भने पछि एसएमजी देखाएका छन् । प्रहरीले सुन पसलको

    • प्रकाशित मितिः साउन २, २०७८
    • 106 पटक पढिएको
  • डी. कौडिन्य स्मृति पत्रकारिता वितरण पुरस्कार समारोह स्थगित

     बिर्तामोड / प्रेस सङ्गठन नेपाल झापाले साउन ७ गते वितरण गर्ने भनिएको डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कार समारोह हाललाई स्थगित गरेको छ । सङ्गठनका संयोजक झुलन रेग्मीको अध्यक्षतामा शनिवार बिर्तामोडमा बसेको बैठकले कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै पुरस्कार समारोह स्थगित गरेको हो ।  झापालगायत देशभर कोरोना संक्रमण दर बढिरहेको र प्रशासनले सभा सम्मेलनमा रोक लगाएका कारण कार्यक्रम केही समयका लागि सारिएको सङ्गठनका सचिव उद्धव पुरीले जानकारी दिए । प्रशासनले साउन ७ गतेसम्म झापामा निषेधाज्ञ जारी गरेको छ ।  क्रान्तिकारी विचारधाराका पत्रकार देवकुमार आचार्य (डी.कौडिन्य)

    • प्रकाशित मितिः साउन २, २०७८
    • 281 पटक पढिएको
  • माधव विद्रोही : छिटो सूचना प्रवाह गर्ने बहानामा सत्यतथ्यलाई तोडमोड गर्नुहुँदैन

    बिर्तामोड / राष्ट्रिय समाचार समिति (रासस)का सञ्चालक समिति सदस्य माधव विद्रोहीले विश्वसनीय र गुणस्तरीय समाचार लेख्न समाचारदातालाई आग्रह गरेका छन्।रासस समितिको झापा कार्यालयले शुक्रबार आयोजना गरेको समाचार दातासँगको छलफलमा उनले घटनापरक समाचार भन्दा खोजमूलक, सकारात्मक सन्देश प्रवाह गर्ने तथा सन्तुलित समाचारमा ध्यान दिन राससका स्थानीय समाचारदातालाई निर्देशन दिएका हुन् । “समाचारदाताको मूल्याङ्कन गर्ने आधार उसले लेखेको समाचार हो”, उनि भन्छन्, “छिटो सूचना प्रवाह गर्ने बहानामा सत्यतथ्यलाई तोडमोड गर्नुहुँदैन ।” कार्यक्रममा स्थानीय समाचारदाताले समाचारबाटै बाँच्न सक्ने गरी पारिश्रमिक वृद्धि गर्न स

    • प्रकाशित मितिः साउन २, २०७८
    • 80 पटक पढिएको
  • जबर्जस्ती करणी उद्योगका फरार अभियुक्त पक्राउ

    कञ्चनपुर/ जबर्जस्ती करणी उद्योगका फरार अभियुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । अपराधपछि फरार रहेका रानालाई घर वरपर लुकीछिपी बस्दै आएको अवस्थामा सात महिनापछि शुक्रबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले गत मङ्सिरमा जिल्ला अदालत कञ्चनपुरबाट एक वर्ष कैद र रु एक लाख जरिवाना ठहर भई फरार रहेका कृष्णपुर नगरपालिका–९ का विष्णु रानालाई पक्राउ गरि अदालत पेश गरिएको जानकारी दिएका छन् ।  अदालतबाट पनि निजलाई कैद भुक्तानीका लागि कारागार चलान गरिएको उनले बताएका छन् । 

    • प्रकाशित मितिः साउन २, २०७८
    • 75 पटक पढिएको
  • आजको मौसम : देशका केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ / मनसुनी वायुको प्रभावले शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका केही स्थानमा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसमविद् गङ्गा नगरकोटीले आगामी सोमबारसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएका छन्  । देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनका साथै ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभा

    • प्रकाशित मितिः साउन २, २०७८
    • 185 पटक पढिएको
  • नगरप्रमुखको घरमा कार्यालय सञ्चालन

    महोत्तरी / महोत्तरीको भङ्गाहा नगरपालिकामा नगरप्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन भएको छ। भङ्गाहा–५ सीतापुरमा नवनिर्मित आफ्नो निजी पक्की घर नगरप्रमुख सञ्जिवकुमार साहले कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएका हुन्।नगरप्रमुख साहले नगरपालिकाको कार्यालय भवन नबनुञ्जेलसम्म घरभाडा नलिने गरी कार्यालय सञ्चालन गर्न नयाँ भवन उपलब्ध गराउनुभएको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले जानकारी दिएका छन् । “नगरप्रमुख साहले लिखित सम्झौता गरेरै भवन उपलब्ध गराउनु भएपछि नयाँ आर्थिक वर्ष प्रारम्भसँगै कार्यालय सारिएको छ”, जोशी भन्छन्, “ अब मासिक ६० हजार बचत हुने भयो ।”

    • प्रकाशित मितिः साउन २, २०७८
    • 64 पटक पढिएको
  • प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन अभियान सुरु

    गण्डकी / सिक्टस ग्रिनीङलगायतका भाइरस एवं रोगका कारण सुन्तला खेती सङ्कटग्रस्त बन्दै गएको अवस्थामा पोखरा महानगरपालिकामा सञ्चालित मेयर प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन अभियान सुरु भएको छ । एक दशकको अन्तरालमा जिल्लाका सुन्तला पकेट क्षेत्र खण्डहर बन्दै गएपछि चिन्तित बनेका कृषक महानगरले सञ्चालन गरेको अभियानसँगै राज्यको चासो बढेको भन्दै यतिखेर उत्साहित बनेका छन् । किसानलाई प्रोत्साहन गर्दै सुन्तला क्षेत्रको विस्तार गर्ने लक्ष्यसाथ तीन वर्षयता सञ्चालित अभियानअन्तर्गत ४५ लाख रुपैयाँ अनुदान हस्तान्तरण गरिएको छ । आव २०७८/०७९ का लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको महानगर कृषि महाशाख

    • प्रकाशित मितिः साउन २, २०७८
    • 79 पटक पढिएको
  • लोकमार्गको पर्वत सडकखण्ड अवरुद्ध

    पर्वत / लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ। पर्वतको कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र लेदोले शुक्रबार रातिदेखि सडक अवरुद्ध भएको हो।सडक खुलाउनका लागि जेसिबी र सुरक्षा निकाय तयारी अवस्थामा रहे पनि वर्षा नरोकिएकाले तत्काल खुलाउन समस्या देखिएको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिएका छन् । सडक अवरुद्ध हुँदा बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारी साधन मालढुङ्गामा अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधन अर्मादीमा अलपत्र बनेको प्रहरीले जनाएको छ । वर्ष

    • प्रकाशित मितिः साउन २, २०७८
    • 67 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.