पर्वत / लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ। पर्वतको कुश्मा
नगरपालिका–१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र
लेदोले शुक्रबार रातिदेखि सडक अवरुद्ध भएको हो।
सडक
खुलाउनका लागि जेसिबी र सुरक्षा निकाय तयारी अवस्थामा रहे पनि वर्षा नरोकिएकाले
तत्काल खुलाउन समस्या देखिएको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण
खड्काले जानकारी दिएका छन् ।
सडक
अवरुद्ध हुँदा बागलुङ, म्याग्दी र मुस्ताङबाट
छुटेका लामो तथा छोटो दूरीका सवारी साधन मालढुङ्गामा अलपत्र बनेका छन् भने
अन्यत्रबाट आएका सवारी साधन अर्मादीमा अलपत्र बनेको प्रहरीले जनाएको छ । वर्षा
रोकिएलगत्तै खुलाउनका लागि प्रयास गरिने प्रहरीले जनाएको छ ।