काठमाडौं । सरकारको उच्च प्रशासनिक तहमा रहेका दुई सचिवले एकैपटक पदबाट राजीनामा दिएका छन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव कमलप्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको हो ।

मन्त्रिपरिषद्ले राजीनामा स्वीकृत गरेपछि मात्र दुवै सचिवले पद छाडेको विवरण सार्वजनिक भएको हो । यसले उच्च प्रशासनिक तहमा एकैपटक भएको यो बहिर्गमनलाई चासोको विषय बनाएको छ ।बाबुराम अधिकारीको अवकाश आगामी ४ भदौमै हुँदै थियो । अवकाशको करिब एक साताअघि उनले राजीनामा दिएका हुन् ।

तर कमलप्रसाद पोखरेलको हकमा भने अवस्था फरक छ । उनी २३ भदौ २०८४ सम्म पदमा बहाल रहन सक्ने अवस्थामा थिए । अर्थात्, अवकाशको समय अझै बाँकी हुँदाहुँदै उनले राजीनामा दिएका हुन्