काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहले राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । समूहको भेला साउन २९ देखि ३१ गतेसम्म काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा हुने तय भएको हो ।

भेलाका लागि अन्य स्थानमा पर्याप्त ठाउँ नपाएपछि मिराकल पार्टी भेन्यु रोजिएको आयोजक समितिका एक नेताले बताए ।‘ठूलो ठाउँ आवश्यक थियो, अन्यत्र मिलेन । त्यसैले मिराकलमै कार्यक्रम गर्ने निर्णय भयो,’ ती नेताले भने ।

तीन दिनसम्म चल्ने भेलालाई कांग्रेसभित्र इतर समूहको संगठनात्मक गतिविधि र आगामी रणनीतिबारे छलफल गर्ने महत्वपूर्ण जमघटका रूपमा हेरिएको छ । साउन २९ देखि ३१—सुकेधारामा कांग्रेसको इतर समूहको राष्ट्रिय जमघट हुँदैछ ।