काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई साउन २९ देखि ३१ गतेसम्म तेस्रोपटक प्रशिक्षण दिने भएको छ ।ललितपुरको गोदावरीस्थित फरेस्टमा हुने प्रशिक्षणमा संसदीय भूमिका, पार्टी नीति र संसदमा प्रभावकारी प्रस्तुतिबारे प्रशिक्षण दिइनेछ ।

सचेतक क्रान्तिशिखा धितालका अनुसार अघिल्ला दुई प्रशिक्षणपछि पनि सांसदहरूको आवश्यकता र सुझावअनुसार थप प्रशिक्षण आयोजना गरिएको हो ।

यसअघि रास्वपाले २०८२ चैत र वैशाखमा दुई चरणमा सांसद प्रशिक्षण गरिसकेको थियो ।