बिर्तामोड / सर्बोच्च अदालतको फैसलाको विरोध गर्दै एमाले निकट नेपाल खेलकुद महासंघले झापामा मोटरसाइकल र्याली आयोजना गरेको छ

सर्वोच्च अदालतको असार २८ गतेको फैसला पछि केपी ओली नेतृत्वको सरकार विघटन भएको थियो। अदालतमा श-शरिर बहुमत उपस्थित भएर हस्ताक्षर बुझाएका शेर बहादुर देउवालाई प्रधानमत्री बनाउन अदालतले परमादेश जारि गरेको थियो ।

OM Sai Pathibhara Hospital

ओलीको बहिर्गमन पछि उनको पार्टी नेकपा एमाले र भातृ संगठनहरुले निरन्तर आन्दोलन गरिरहेका छन् ।

शनिबार झापामा खेलकुद महासंघले मोटरसाइकल र्याली आयोजना गर्यो । दमक र काकरभिट्टावाट एकसाथ सुरु भएको र्यालीमा सयौ युवाको सहभागिता थियो । र्यालीले अदालतले सिमा नाघेर गरेको फैसला अस्विकार गर्ने चेतावनी दिएको छ ।

र्याली पछी बिर्तामोडमा संक्षिप्त कोणसभा आयोजना भएको थियो । कोणसभामा बोल्ने वक्ताहरुले जनादेश पाएको सरकार गिराएर परमादेश वाट सरकार बनाउन गलत भएको बताएका थिए ।