कञ्चनपुर/ जबर्जस्ती करणी उद्योगका फरार अभियुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । अपराधपछि फरार रहेका रानालाई घर वरपर लुकीछिपी बस्दै आएको अवस्थामा सात महिनापछि शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले गत मङ्सिरमा जिल्ला अदालत कञ्चनपुरबाट एक वर्ष कैद र रु एक लाख जरिवाना ठहर भई फरार रहेका कृष्णपुर नगरपालिका–९ का विष्णु रानालाई पक्राउ गरि अदालत पेश गरिएको जानकारी दिएका छन् ।  अदालतबाट पनि निजलाई कैद भुक्तानीका लागि कारागार चलान गरिएको उनले बताएका छन् ।