समाचार

    Showing 24,661-24,670 of 26,051 items.
  • अझै दुई दिन मनसुन सक्रिय हुने

    काठमाडौँ / अझै दुई दिन मनसुन सक्रिय हुने भएको छ । उत्तरी–पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश नं १, बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 81 पटक पढिएको
  • लागूऔषध गाँजा सहित बेलबारीबाट एक पक्राउ

    मोरङ  / मोरङ बेलबारी नगरपालिका ८ बलुहीबाट लागूऔषध गाँजा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ७४ वर्षीय भविलाल सहनी रहेका छन् । सोमबार दिउसो ११ बजे विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय आर आइ टि समूहबाट खटिएको प्रहरी टोलीले उनको घरबाट ७ केजी ४४५ ग्राम गाँजा बरामद गरेको हो । पक्राउ पर्ने सहनीको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।   सहनीलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 88 पटक पढिएको
  • मोरङमा करेन्ट लागेर एकको मृत्यु

    मोरङ / मोरङ मिक्लाजुङ गाउपालिका ६ का २९ वर्षीय दीपक लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार दिउसो घरको कोठामा बिजुलीको बत्ती बनाउने क्रममा करेन्ट लागी घाईते भएका उनको गोदावरी अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 82 पटक पढिएको
  • झापामा फरक शैलीमा हुँदैछ पेट्रोलियम पदार्थकाे तस्करी

    बिर्तामोड / झापाको पूर्वी नाका काँकडभिट्टामा नेपालबाट भारततर्फ अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम पदार्थ लागिरहेको अवस्थामा प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको छ ।सोमबार बिहान नेपाल प्रवेश गरेको डब्लुबी ७४डी २४४१ नंको खाली मिनिट्रक डिजेल हालेर पुनः भारत जान लागेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले दिउँसो मेची पुल नजिकैबाट उक्त ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।उनका अनुसार नेपाल प्रवेश गरेको भारतीय ट्रक सामान नै लोड नगरी ट्रकमा जडान गरिएको अतिरिक्त पेट्रोलियम पदार्थको ट्याङ्कीमा

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 117 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनाबाट १ को मृत्यु, २ घाइते

    बिर्तामोड / झापाको कचनकवलमा मोटरसाइकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा कचनकवल गाउँपालिका –६ विशाल बस्तीका ३८ वर्षीय सोम दहाल रहेका छन् । सोमबार राती ८ बजे बनियानी–बालुवाडी सडक खण्ड अन्तर्गत कचनकवलमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको  मे १० प ५३८९  र विपरीत दिशाबाट जाँदै गरेको मे ८ प २१३७ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको थियो । दुर्घटना परी मे ८ प २१३७ नम्बरको मोटरसाइकल चालक दहालको निधन भएको छ भने मे १० प ५३८९ नम्बरको मोटरसाइकल चालक कचनकवल गाउँपालिका –५ निवासी २५ वर्षीय करण  राजवंशी, सोही मोटरसाइकलको पछाडि

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 368 पटक पढिएको
  • थुनुवा मृत्यु : आफन्तको प्रदर्शन , प्रशासनद्वारा छानविन समिति गठन

    विराटनगर / गाँजा सहित पक्राउ परेका व्यक्तिको हिरासतमा नै रहेको समयमा मृत्यु भएको विषयलाई लिएर आफन्त र स्थानीयले विराटनगरमा प्रदर्शन गरेका छन् ।जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका विराटनगर ११ का ३७ वर्षीय भीम कामतको आइतबार अदालत लाने तयारी भइरहेको समयमा मृत्यु भएको थियो ।कामतका आफन्तले रहस्मय तरिकाले मृत्यु भएको भन्दै छानबिन समिति गठन , दोषी प्रहरीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै सोमवार विराटनगरमा प्रदर्शन गरेका हुन् ।जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि उनीहरूले सडकमा टायर बालेर कामतका आफन्त र स्थानीयले प्रदर्शन गरेका हुन् । आन्दोलनकारीले मृतक कामतको खुट्टामा निलो डाम र शरीरमा पनि

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 215 पटक पढिएको
  • सङ्खुवासभा हत्याकाण्ड : एकै परिवारका छ जनाको विभत्स हत्या

    सङ्खुवासभा/ सङ्खुवासभाको मादी १ उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स तवरले भएको हत्याको अनुसन्धानका लागि फरेन्सिक विज्ञ र तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन भएको छ ।घटना भएको सूचना पाए लगत्तै प्रदेश प्रहरी कार्यालय विराटनगरले संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिमप्राप्त कुकुर र विज्ञ सहितको टोली घटनास्थल पठाएको छ ।प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले एसपी दाहालको नेतृत्वमा तालिम प्राप्त कुकुर र विज्ञ सहितको टोली घटनास्थलतर्फ गएको जानकारी गराएका छन् । उपरीक्षक राईले घटनामा संलग्नलाई फरार हुन नदिन घटनास्थलबाट बाहिरिने सबै नाकामा निगरान

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 164 पटक पढिएको
  • बन्दुक बनाउने कारखानामा बेलबारी प्रहरीको छापा

    बेलबारी / मोरङको बेलबारी स्थित एक घरमा सञ्चालनमा रहेको भरुवा बन्दुक बनाउने घरेलु उद्योगमा छापा मारी प्रहरीले बन्दुक र बन्दुक बनाउन प्रयोग गरिने सामाग्री सहित एक जनालाई पक्राउ गरेको छ ।  बेलबारी नगरपालिका १ का ५२ वर्षीय आश बहादुर लिम्बुको घरमा रहेको बन्दुक बनाउने घरेलु उद्योगमा छापा मारी उनी सहित बन्दुक र बन्दुक बनाउन प्रयोग गरिने सामाग्री प्रहरीले बरामद गरेको हो ।आइतबार राती उनको घरमा छामा मारी भरुवा बन्दुक १ थान, बन्दुक बनाउन प्रयोग गरिने नाल २ थान, काठको बट ४ थान, फलामको पड्किने पाशो भएको बन्दुक १ थान, बारुद १ केजी, बन्दुकको नाल सफा गर्ने रड १ थान र फलामको काजो ३ थान पनि बरामद गरिए

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 94 पटक पढिएको
  • बालगृहमा अपराध : अर्थमन्त्री जनार्दन शर्माकी छोरी बलात्कृत

     माओवादी केन्द्रका प्रभावशाली नेता एवं संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्माकी १२ वर्षीया धर्मपुत्री अनाथ, असहाय र टुहुरा बालबालिकाको संरक्षण गर्न भनेर खोलिएको बालगृहमा नै बलात्कृत भएको घटना सार्वजनिक भएको छ । शिक्षा दिक्षाका लागि भन्दै आफैँले उद्घाटन गरेको बालगृहमा शर्माले पीडित बालिकालाई ०७४ सालमा लगेर राखेका थिए ।पश्चिम रुकुमको रवि आठबिसकोट नगरपालिका वडा नं.१० का वडाध्यक्ष गंगाराम चदाराकी श्रीमती सुनिता चदाराले सञ्चालन गरेको ‘सिस्ने हिमाल बालगृहमा बलात्कार भएको सार्वजनिक भएको हो ।बालगृह संचालककै छोरा रवि भनिने कुस्माकर चनाराले लकडाउनको समयमा पटक–पटक बलात्कार गरेको पीडित बालिकाले बताए

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 74 पटक पढिएको
  • प्रधानमन्त्रीसमक्ष भाषा आयोगद्वारा प्रदेशगत भाषा सिफारिस (सूचिसहित)

    काठमाडौँ / संविधानको कार्यान्वयनका क्रममा गठित भाषा आयोगले सरकारी कामकाजको भाषाका आधार निर्धारणसहित नेपाल सरकारलाई भाषासम्बन्धी सिफारिस गरेको छ । आयोगको एक महत्वपूर्ण कार्यभार रहेको उक्त सिफारिससहितको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री देउवाले आयोगले समयमै सबै भाषाबारे अध्ययन, अनुसन्धान र विश्लेषण गरी सिफारिस गरेकामा आयोगप्रति सन्तोष व्यक्त गरे ।नेपालको संविधानको धारा २८७ मा भएको व्यवस्थानुसार २०७३ भदौ २३ गते गठित आयोगले पाँच वर्षभित्र सरकारी कामकाजको भाषाको सिफारिस गर्न

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 118 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.