कुख्यात अपराधी अमर टण्डनलाई जोगाउन भूमिका खेलेको अभियोगमा पूर्व आईजीपी ठाकुर प्रसाद ज्ञवाली सहित २१ प्रहरी उच्च अधिकारीमाथि कारवाही हुने भएको छ ।अपहरणमा संलग्न टण्डन समुहले १४ वर्षअघि २०६४ माघ २९ गते अपहरण गरेका बुटवलका ६२ वर्षीय टीकाराम अर्यालले दिएको किटानी जाहेरीको विषयमा अनुसन्धान नै नगरी म्याद गुजारेको अभियोगमा प्रहरी उच्च अधिकारीमाथि कारवाही हुने भएको हो । प्रहरी प्रधान कार्यालयले अर्याल अपहरणको विषयमा अनुसन्धान गर्न एसएसपी भीम ढकालको नेतृत्वमा बनाएको तीन सदस्यीय छानबिन समितिले उच्च प्रहरी अधिकारीको भूमिका शंकास्पद देखिएको भन्दै उनीहरु माथि कारवाहीको सिफारिस
बिर्तामोड / सोसल मिडिया कम्पनी फेसबुकले नाम परिवर्तन गर्ने भएको छ । युवा प्रयोगकर्ताहरूको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागेपछि फेसबुकले आफ्नो नाम परिवर्तन गर्ने भएको हो ।फेसबुकका सिइओ मार्क जुकरबर्गले आगामी अक्टोबर २८ मा हुने फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा फेसबुकको नाम परिवर्तन गर्ने बताउने भएका छन् । उनले फेसबुकलाई सोसल मिडिया भन्दा बृहत भएको कम्पनीको रुपमा चिनाउन चाहेको बताएका छन् । फेसबुक कम्पनीले आफ्ना सोसल नेटवर्किङ प्लाटफर्महरु र अग्मेन्टेड रियालिटी तथा मेटाभर्स लगायतका प्रोजेक्टहरुको बीचमा विभाजनको रेखा खिच्नेछ ।पछिल्लो समय आफ्नै पूर्वकर्मचारीले सुलसुलेको रुपमा अम
बिर्तामोड / नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ । आज बिहानै काठमाडौँ उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ । वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चार/पाँच दिनयता अर्को प्रणाली विकसित हुने देखिएको छैन । भारतको विहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले असोज ३१ देखि कात्तिक ३ गतेसम्म नै भारी वर्षा गराएको थियो । हाल उक्त प्रणाली बाहिरिए पनि सामान्य प्रभाव भने नेपालमा रहेको छ ।“त्यस्ता प्रणालीले जलवाष्प र चिसो छाडेको हुन्छ, त्यसैले कतै बादल त कतै कुहिरो देखिन्छ”, पौडेलले भने, “कतैकतै छिटफुट वर्षाको सम्भाव
विराटनगर / आइतबारदेखि लगातार परेको अविरल वर्षाका कारण आएको बाढीले जोगबनीको रेल्वे सेवा स्थगित भएको छ । बाढीका कारण रेल मार्गमा क्षति भएपछि जोगबनीबाट चल्ने ‘ट्रेन’ केही दिनका लागि स्थगित भएको हो ।जोगबनीको रेल्वे सेवा स्थगित भएपछि अहिले सम्पूर्ण रेल्वे सेवा फार्बिसगञ्जबाट सुचारु भएको बताइएको छ ।
काठमाडौँ / भक्तपुरबाट स्रोत नखुलेको ८० लाख रुपैयाँ नगदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगरपालिका –१० पाण्डवखानी स्थायी घर भइ हाल काठमाडौँको कोटेश्वर बस्ने ३६ वर्षीय चित्रबहादुर पुन मगर रहेका छन् । लोकन्थली मनहरा आँखा अस्पताल नजिकै हुण्डीको कारोबार भइरहेको विशेष सूचनाको आधारमा बुधबार राति वृत्त ठिमीबाट खटिएको प्रहरीको टोलीले मगरलाई बा४९प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा उनको कोठाबाट थप ५० लाख रुपैयाँ फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जा
बिर्तामोड / आइतबार देखि लगातार परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ९२ जनाको मृत्यु भएको छ भने ४२ जना बेपत्ता भएका छन् । वर्षाका कारण प्रदेश –१ मा मात्रै ५३ जनाको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ३० जनाको मृत्यु भएको गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार कर्णाली प्रदेशमा ७ जनाको मृत्यु भएको छ । लुम्बिनी र बागमतीमा एक–एक जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी पाँचथरमा मात्रै २७ जनाको मृत्यु भएको छ । त्यस्तै इलाम र डोटीमा १३–१३ जनाको मृत्यु भएको छ । यस्तै कालीकोट, बैतडी, डडेलधुरा, ब
झापा //अधिकृत पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक झापालीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा सुरूंगा कनकाई नगरपालिका-३ घर भई काठमाडौंको चाबहिलमा बस्ने ३५ वर्षीय निलम भट्टराई रहेका छन्। भट्टराईले राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको उनीमाथि आरोप छ। उनले तनहुँ शुक्लागण्डकी नगरपालिका - ३ बस्ने ३० वर्षीया पीडितलाई आफू चलचित्र क्षेत्र, राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकारी र नेपाल टेलिभिजनको पत्रकार समेत भनेर चिनाएका थिए। त्यसकारण आफ्नो पहुँच गृह मन्त्रालयका उच्च अधिकारीहरूसँग रहेको र राष्ट्रिय अनुसन्धान विभागको अधिकृत पद
मकवानपुर//भारतीय ग्यास बुलेटबाट ग्यास चोरी गर्ने तिन जनालाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा टंयाकीबाट ग्यास चोरी गर्ने बुलेटका चालकहरू र होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेमा होटेल संचालक ४३ वर्षीय भरत कार्की, नएल०१एन०१३१ नम्बरको ग्यास बुलेटका चालक चुनु कुमार र यूपी–७०बीटी ९९९६ का चालक विपिन कुमार रहेका छन्। भारतबाट आएका ग्यास बुलेटले नेपालका ग्यास कम्पनीहरूलाई ग्यास ढुवानी गर्ने गरेका छन् ।नयाँबस्तीमा होटल सञ्चालन गर्दै आएका कार्कीले ग्यासका बुलेट चालकहरूसँगको मिलेमतोमा सिलिन्डरमा ग्यास भर्ने गरेका छन् । विशेष सूचनाको आधारम
लहान / लहानमा इनारमा मृत फेला परेका युवकको हत्याकाे आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।दसैँको अवसरमा गत शुक्रबार आयोजित झिझिया नाँच हेर्न गएका सिरहाको गोलबजार नगरपालिका –८ भाइजिटोलका १७ वर्षीय शत्रुधन महतोको सिरहाकै नरहा गाउँपालिका –३ नयाँ चोहर्वाको इनारमा डुबेको अवस्थामा शव फेला परेको थियो ।सो घटनामा संलग्न रहेको आरोपमा ती युवकका तीन जना साथीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । शुक्रबार राति झिझिया नाचमा युवाको दुई समूहबीच झडप हुँदा भागदौड मच्चिदा नजिकै रहेको इनारमा चारै जना झरेका थिए । तत्काल प्रहरी र स्थानीयवासीले तीन जनाको उद्धार गरेपनि महतो भने इनारमै डुबेका थि
बिर्तामोड / आइतबार देखि लगातार परेको अविरल वर्षाका कारण झापाका विभिन्न स्थानका ३६१ घरपरिवार विस्थापित भएका छन् । वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण विस्थापित भएका परिवारहरूलाई सामुदायिक भवन, विद्यालय, रेडक्रस, चर्चलगायतका सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए । तिम्सिनाका अनुसार कनकाई, विरिङ र मेची नदीमा आएको बाढी पसेर गौरीगञ्ज, झापा गाउँपालिका, शिवसतासी र भद्रपुर नगरपालिकाका केही बस्ती डुबानमा परेका छन् । डुबान क्षेत्रमा पानीको मात्रा घट्दै गए पनि पहाडी क्षेत्रमा परेको पानीका कारण खोलानालामा पानीको बहाव नघट्दा समस्या भइरहेको ति
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.