समाचार

    Showing 24,331-24,340 of 26,051 items.
  • झिलझिलेबाट नगदसहित ४ जुवाडे पक्राउ

    बिर्तामोड  / झापाको झिलझिलेबाट तास खुलीरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका नगरपालिका –९ का ५० वर्षीय अग्नि राई, ४० वर्षीय लाल बहादुर लिम्बु, ४६ वर्षीय मनिष क्षेत्री र –११ का ३७ वर्षीय सुरेश लिम्बू रहेका छन् । शनिवार राती शिवसताक्षी –९ स्थित जितेन्द्र शाक्यको घरमा अवैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठको कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।  प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद १ लाख ७३ हजार ५ सय रुपैयाँ, मोबाइल सेट थान ४ (चार

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 1,939 पटक पढिएको
  • आज उच्च हिमाली भू–भागमा हिमपातको सम्भावना

    बिर्तामोड  / देशका केही भू–भागमा आज पनि वर्षा हुने भएको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।आज देशभर सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना समेत छ । महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 85 पटक पढिएको
  • खोटाङको दिक्तेलमा भुस्याहा कुकुरको टोकाइबाट १५ घाइते

    दिक्तेल / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेल बजारमा पहिचान नभएका भुस्याहा कुकुरको टोकाइबाट  १५ जना घाइते भएका छन् ।कुकुरको टोकाइबाट घाइते भएकाहरूको जिल्ला अस्पताल दिक्तेलमा रेबिजविरुद्धको भ्याक्सिन लगाएर पठाइएको जिल्ला अस्पतालका प्रमुख डा. वैभव मल्लिकले जानकारी दिए । उनीहरु सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको बजारमा यसअघिदेखि नै कुकुरको बिगबिगी थियो । करिब दुई वर्षअघि पनि भुस्याहा कुकुरले जथाभावी मान्छेलाई टोक्न थालेपछि नगरपालिकाले नियन्त्रण गर्न थालेपछि चौतर्फी विरोध भएपछि स्थगन गरिएको थियो ।भुस्याहा कुकुरको ब

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 69 पटक पढिएको
  • ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    बिर्तामोड / झापाको कनकाई नगरपालिका –९ स्थित लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका –३ का २७ वर्षीय निश्चल खनाल रहेका छन् । शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०१–००१ख ३५२० नम्बरको ट्रक र विपरीत दिशातर्फ गइरहेको मे ५ प ८४७२ नम्बरको मोटरसाइकल आपसमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक खनालको उपचारको क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 118 पटक पढिएको
  • गुडिरहेको बसमा आगलागी

    धादिङ//धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ।  सुर्खेतबाट काठमाडौं  जाँदै गरेको ना ६ प १४७१ नम्बरको बसमा इलेक्ट्रिक सट भएर आगलागी भएको बताइएको छ। आइतबार राति २ बजे गजुरीमा आगलागी भएको हो। बसको अधिकांश भाग जलेको तर मानवीय क्षति  भने हुन् नपाएको धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी गराएका छन्। बाहिर निकाल्न नसक्दा केहि यात्रुका लगेज चलेको उनले बताएका छन्। 

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 59 पटक पढिएको
  • कोसीमा हामफालेर इटहरीका एक पुरूषले गरे आत्महत्या

    विराटनगर / इटहरीका एक व्यक्ति कोसी नदीमा हामफालेर आत्महत्या गरेका छन् । इटहरीका ५८ वर्षीय तिलक प्रसाद दाहालले कोसी ब्यारेजको १३ नम्बर गेट नजिकैबाट हामफालेका हुन् । उनी हामफालेको ठाउँमा प ९२५५ नम्बरको मोटरसाइकल, चप्पल र पर्स भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५८ वर्षका तिलक प्रसाद दाहाल नाम गरेको परिचय कार्ड पनि फेला परेको छ । प्रहरीले बोटको सहायताले दाहालकाे शव नदीमा खोजी गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • 175 पटक पढिएको
  • दाङमा गाडी दुर्घटना, ८ घाइते

    दाङ / दाङको देउखुरीमा आज बिहान टाटा सुमो गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।घाइते हुनेमा १७ वर्षीया मीना घर्ती, १५ वर्षीया रबिना घर्ती, १० वर्षीय विजय घर्ती, ३५ वर्षीया जिता घर्ती, २२ वर्षीया कुमारी राना, वर्ष २२ कै लक्ष्मी खड्का, ३ वर्षका आरस खड्का, ५३ वर्षीया दिलसरी राना र लमही ६ देउपुर निवासी वर्ष ३६ को तुल्सीराम न्यौपाने रहेका छन् । प्युठानको बिजुवारबाट दाङको सतबरियातर्फ जाँदै गरेको रा १ ज ७३७ नम्बरको सुमो गाडी लमही नगरपालिका –७  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइतेहरूको लमहीमा नै उपचार भइरहेको छ भने एक जनाको अवस्था गम्भीर रहेको प्रहरी

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • 76 पटक पढिएको
  • सुर्खेतको कट्कुवा वनमा बम विस्फोट हुँदा दुई घाइते

    सुर्खेत / सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –७ स्थित कट्कुवा सामुदायिक वनमा वम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका –६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेका छन् ।  आज (शनिबार) बिहान पौने १० बजे एक्कासि बेवारिसे बम बिस्पोट हुँदा वनमा घाँस काट्न गएका दिदीभाइ घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।घर्तीका अनुसार बम कसले राख्यो, कसरी बिस्पोट भयो भन्ने बारे अनुसन्धान भइरहेको छ । घाइतेहरूको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको उनले बताए । 

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • 76 पटक पढिएको
  • बाढीपहिरो अपडेट : मृत्यु हुनेको संख्या १११ पुग्यो, ३३ बेपत्ता र ३२ घाइते

    बिर्तामोड / केही दिन देखि लगातार परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी एक सय ११ जनाको मृत्यु भएको छ भने अझै ३३ जना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा प्रदेश १ मा ६६, सुदूरपश्चिममा ३४, कर्णालीमा ८, लुम्बिनीमा दुई र बागमती प्रदेशमा एक जना गरी जम्मा १११ जनाको मृत्यु भएको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बाढीपहिरो र डुबानमा परी सुदूरपश्चिम प्रदेशमा २०, प्रदेश १ मा ९, लुम्बिनीमा २, प्रदेश २ र कर्णालीमा एक/एक जना बेपत्ता भएका छन् ।साथै प्रदेश १ मा १८ जना, सुदूरपश्चिम प्रदेशमा १३ जना  र कर्णाली प्रदेशमा एक जना ग

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • 123 पटक पढिएको
  • राराताल घुम्न गएका पर्यटक सात दिन देखि अलपत्र

    मुगु / दसैँको अवसर पारेर मुगुको रारा ताल घुम्न गएका पर्यटकहरू सात दिन देखि अलपत्र परेका छन् । लगातार परेको वर्षाका कारण जहाज नचल्दा ताल्चा विमानस्थलमा पर्यटकहरू अलपत्र परेका हुन् ।  कर्णालीमा उडान भर्दै आएका चारवटा हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्वतर्फ लगेकाले अहिले उडान ठप्प छ । लगातारको वर्षाले स्थलमार्ग पूर्णरूपमा बन्द छ ।बाँकेको नेपालगञ्जका सृजन खत्री काठमाडौँबाट आएका आठ साथीसँगै मोटरसाइकलमा रारा पुगेका थिए । बाटोमा मोटरसाइकल बिग्रियो । उनका साथीहरू जहाजमार्फत नेपालगञ्ज आउनका लागि तीन दिनदेखि विमानस्थलमा विमानको प्रतिरक्षामा छन् । निरन्तरको वर्षाका कारण मौसममा सुधार नहुँ

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • 106 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.