समाचार

    Showing 24,151-24,160 of 26,050 items.
  • १९२ जना नेपाली शान्ति सेना सिरिया प्रस्थान

    काठमाडौं / १९२ नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान गरेको छ । सिरियामा तैनाथ राष्ट्रसङ्घीय हतियार रहित पर्यवेक्षक बल (युएनडिओएफ) मा सहभागी हुन सेनाको टोली सिरिया प्रस्थान गरेको हो ।यान्त्रिक पैदल सेना, समीप सुरक्षा इकाइ, इन्जिनियर र स्वास्थ्यकर्मीसमेत समाविष्ट उक्त टोली राष्ट्रसङ्घको विशेष उडानबाट आज बिहान कार्यक्षेत्र तर्फ प्रस्थान गरेको हो ।राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९७४ मा इजरायल र सिरियाबीचको युद्धविराम भङ्ग हुन नदिन, इजरायली, सिरियाली सेना हातहतियार रहित भएको सुनिश्चित गर्न तथा दुई देशबीच छुट्याइएका सीमा क्षेत्र र सीमितताको पर्यवेक्षण गर्न युएनडिओएफ स्थापना भएको हो ।युएनडिओए

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 92 पटक पढिएको
  • हेलम्बुमा आगलागी, तीन बालकको मृत्यु

    सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको हेलम्बुमा आगलागीमा हुँदा तीन जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेका छन् । हेलम्बु गाउँपालिका –७ सुर्सिङ गाउँको झाक्रिटोलमा स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।सोमबार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा आगलागी भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 72 पटक पढिएको
  • बाघको छालासहित दुई पक्राउ

    दाङ  / दाङबाट बाघको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका –५ का ३१ वर्षीय महेश खड्का र अन्य एक जना रहेका छन् । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा२ प २६६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीको टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गगरेको हो । प्रहरीले पक्राउ परेकाहरूको साथबाट १ थान बाघको छाला बरामद गरेको छ ।

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 89 पटक पढिएको
  • २५ हजार मेट्रिकटन मल नेपाल भित्रिँदै

    वीरगञ्ज / पछिलो पटक चीनबाट ल्याइएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल डिएपी नेपाल भित्र्याउने तयारी गरिएको छ । चीनबाट भारतसम्म र भारत हुँदै नेपालसम्म मल भित्र्याउने योजनाअन्तर्गत अहिले उक्त मल नेपालको सीमावर्ती भारतीय बजारसम्म आइपुगेको हो ।नेपालमा विशेष गरी तीन नाकाबाट रासायनिक मल नेपाल भित्रिने गर्दछ । वीरगञ्ज, विराटनगर र भैरहवा नाका पर्दछन् । कृषि सामग्री कम्पनी लिमिटेड २ नं प्रदेश कार्यालय वीरगञ्जका अनुसार सीमापारि भारतीय बजारसम्म आइपुगेको उक्त मल अब नेपालसम्म भित्र्याउने अन्तिम तयारी गरिएको हो ।सिमापारी भारतीय बजार रक्सौलसम्म आइपुगेको रासायनिक मल (डिएपी)लाई अब तत्कालै नेपाल भित्र्याउन

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 64 पटक पढिएको
  • प्राधिकरण कर्मचारी संघको महाधिवेशन विवादमा

    काठमाडौँ / गत कात्तिक ५ गते गरिएको नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको महाधिवेशनको परिणामलाई बहिष्कार गरेका तीन उम्मेदवारहरूले श्रम तथा रोजगार कार्यलयका उजुरी दिएका छन् । संघका पदाधिकारीहरूले विधानलाई प्रक्रियागत रुपमा संशोधन नगरी आफू अनुकूलको व्याख्या गरेको भन्दै उनीहरूले श्रम तथा रोजगार कार्यालयमा उजुरी दिएका हुन् । उजुरी दिनेमा उम्मेदवारहरू इन्द्र न्यौपाने, गंगा भण्डारी, महेश्वर दत्त पनेरु रहेका छन् । उनीहरूले संघको कथित केन्द्रीय समिति विघटन गरी नयाँ कार्य समिति निर्माण गर्न माग गरेका छन् ।विधानको दफा २७ मा विधानको संशोधन प्रस्ताव महाधिवेशन र केन्द्रीय परिषद् भेलाको दुई तिहाई

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 98 पटक पढिएको
  • इलामबाट पहिलो पटक सवारी चालक अनुमतिपत्र

    इलाम / विसं २०७१ मङ्सिरबाट इलाममा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भए पनि पहिलो पटक सवारी चालक अनुमतिपत्र वितरणका लागि काम सुरु भएको छ ।फारम भरिसकेका सेवाग्राहीलाई परीक्षा सञ्चालन गरिएसँगै सवारी चालक अनुमतिपत्र वितरणको काम अघि बढेको हो । भौतिक पूर्वाधार मन्त्रालयबाट सवारी लाइसेन्सको परीक्षा सञ्चालन गर्ने अनुमति प्राप्त भएपछि सातामा तीन पटक परीक्षा सञ्चालन गरिने कार्यालय प्रमुख छविलाल खतिवडाले जानकारी दिए ।गत कात्तिक २७ गतेदेखि अनलाइन आवेदन खुला गरेपछि दिनहुँ करिब सयको हाराहारीमा प्रवेशपत्र वितरण गरिएको छ । हाललाई मोटरसाइकल, स्कुटर, मोपेड, कार, जीप, डेलिभरी भ्यान, टेम्पो,

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 88 पटक पढिएको
  • बडुवाल हत्या प्रकरण : इन्स्पेक्टरका भाइ इटहरीबाट पक्राउ

    काठमाडौं / कैलालीको लम्कीचुहाका २३ वर्षीय भुपेन्द्र बडुवालको हत्यामा संलग्न रहेको आरोप लागेका इन्स्पेक्टरका भाइ इटहरीबाट पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका –३ चिसापानी बस्ने १९ वर्षीय मदन शाहीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले धरान उप–महानगरपालिका –४ बाट पक्राउ गरेको हो । मदन प्रहरी इन्स्पेक्टरका भाइ हुन् ।उक्त प्रकरणमा पक्राउ परेका अन्य ९ जनालाई प्रहरीले सार्वजनिक गरिसकेको छ। इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दर्ता भएका मध्ये अझै ६ जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी  दिए । गत कात्तिक २३ गते मंगलबार रात

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 1,185 पटक पढिएको
  • जन्ती बोकेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

    बैतडी  / बैतडीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । जिप दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । दशरथचन्द नगरपालिका –२ थलाल गाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका –६ सिमायल जाँदै गरेको म १ ज ३१० नम्बरको जिप आइतबार राति दशरथचन्द राजमार्गको कलुवाड मोडमा दुर्घटनामा परेको थियो ।दुर्घटनामा परी गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ४० वर्षीय दीपक मालीको उपचारका लागि धनगढी लैजाँदै गर्दा आइतबार राति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । जिपमा सवार मध्ये पाँच जनाको भने घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा दशरथचन्द

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 71 पटक पढिएको
  • दमकबाट एक लाख नगदसहित ६ जुवाडे पक्राउ

    दमक / झापाको दमक नगरपालिका –२ स्थित मोहन कुमार तामाङको घरबाट तास खेलिरहेको अवस्थामा प्रहरीले तामाङ सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घर धनी मोहन कुमार तामाङ, ३८ वर्षीय पूर्ण प्रसाद शिवाकोटी, ३० वर्षीय बिनोद श्रेष्ठ, ३७ वर्षीय दिल बहादुर श्रेष्ठ, ३४ वर्षीय सुरेन्द्र नेम्वाङ र कमल गाउँपालिका –६ का ४१ वर्षीय दुर्गा बहादुर राई रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका साढे ४ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ३ बुङ तास र १ लाख २० हजार ५०० रुपैयाँ पैसा बरामद गरेको छ । 

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 91 पटक पढिएको
  • करेन्ट लागेर एकको मृत्यु

    मोरङ  / मोरङको बुढीगंगा गाउँपालिका –४ स्थित बागमती मोलडिङ्ग इन्डष्ट्रिज प्रा.लि. मा काम गर्ने मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४४ वर्षीय कलरु कुमार खवास रहेका छन् । आइतबार बेलुका ५ बजे हात खुट्टा धुन भनी फ्याक्ट्रीमा जडान भएको कलको मटर चलाउँदा खवास करेन्ट लागेर गम्भिर घाईते भएका थिए । करेन्ट लागेर गम्भिर घाइते भएका खवासको उपचारको क्रममा विराट मेडिकल कलेज मृत्यु भएको थियो ।

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 66 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.