समाचार

    Showing 23,961-23,970 of 26,043 items.
  • सरकारले तीन जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्दै

    काठमाडौं  / सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिम पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने १४ मिलियन अमेरिकी डलर थप ऋण सहायता प्राप्त गर्न टोली गठन गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिक्षक सेवा आयोग (एघारौँ संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए । सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोगको सिफारिशमा पूर्णप्रसाद पौडेललगायत २९ जनालाई रु २३ लाख २० हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ ।यस्तै सरकारले सन्दीपचन्

    • प्रकाशित मितिः पुस २, २०७८
    • 78 पटक पढिएको
  • पूर्णप्रसाद पौडेलसहित २९ जना द्वन्द्वपीडितले क्षतिपूर्ति पाउँदै

    काठमाडौँ  / सरकारले २९ जना द्धन्द्धपीडितलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्णप्रसाद पौडेलसहित २९ जना द्वन्द्व पीडितलाई २३ लाख २० हजार क्षतिपूर्ति दिने निर्णय गरेको हो । सरकारले सत्यनिरूपण तथा मेलमिलाप आयोगको सिफारिस बमोजिम द्धन्द्धपीडितलाई क्षतिपुर्ती दिन लागेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

    • प्रकाशित मितिः पुस २, २०७८
    • 62 पटक पढिएको
  • सुनकोसीमा बेलिब्रिज जडान गाईघाट दिक्तेल सिधा यातायात

    झापा / उदयपुरको सदरमुकाम गाईघाटबाट पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट दिक्तेल सडक खण्डअन्तर्गत सुनकोसी नदीमा हालै बेलिब्रिज जडान भएको छ ।पुल जडानसँगै गाईघाटबाट दिक्तेलसम्म र दिक्तेलबाट गाईघाट सम्म सिधा यातायातका साधन सञ्चालन भएका छन् । मङ्सिरको दोस्रो हप्तादेखि उदयपुरको रौतामाई गाउँपालिका ५ स्थित फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका १ लिच्की राम्चे बीचमा पर्ने सुनकोसी नदीमा बेलिब्रिज जडान सुरु गरेर बिहीबार सम्पन्न भएको हो ।औपचारिक रूपमा उदयपुरको गाईघाटदेखि दिक्तेलसम्म यातायातका साधन सिधै सञ्चालन सुरू भएको गाईघाट दिक्तेल सडक कार्यलयका प्रमुख गोपालप्रसाद खकुरेलले बताए । प

    • प्रकाशित मितिः पुस २, २०७८
    • 82 पटक पढिएको
  • पासोमा परेको चितुवाको उद्धार

     झापा / पाल्पाको तानसेन नगरपालिका ८ जरेपीपल नजिकै पासोमा अल्झिएको पोथी चितुवाको उद्धार गरिएको छ ।चितुवालाई सुरक्षित रूपमा उद्धार गरिएको  चितुवालाई अहिले डिभिजन वन कार्यालयमा उद्धार गृहमा राखिएको वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले बताए ।चितुवाको स्वास्थ्य अवस्था सामान्य छ । घटनास्थलबाट फलामको पासो एक थानसमेत बरामद भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।निमित्त डिभिजनल वन अधिकृत संयोग बस्नेतको कमान्डमा खटिएको टोलीले जोखिमपूर्ण अवस्थामा पोथी बयस्क चितुवाको उद्धार गरिएको पाल्पाका रेन्जर पोखरेलले बताए ।

    • प्रकाशित मितिः पुस २, २०७८
    • 74 पटक पढिएको
  • जोन्सनको १४ लाख ५७ हजार डोज आज नेपाल आउँदै

    काठमाडौं / एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपको  १४ लाख ५७ हजार डोज आज नेपाल आउँदै छ । २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोप मध्ये दोस्रो खेप आज आउन लागेको हो । बिहीबार  पहिलो खेपमा ७ लाख १९ हजार ६५० डोज खोप नेपाल आइसकेको छ ।जर्मन सरकारले कोभ्याक्स सुविधामार्फत यो खोप उपलब्ध गराएको हो । जर्मन सरकारले  नेपालमा १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप समेत उपलब्ध गराएको छ । उक्त खोप गत आइतबार नेपाल आइसकेको छ ।यसअघि अमेरिकाले कोभ्याक्स मार्फत  करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो। जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ। अन्य खोप भने दुई ड

    • प्रकाशित मितिः पुस २, २०७८
    • 71 पटक पढिएको
  • बसपार्कमा आगलागी बाट ६० लाखको क्षति

     झापा /  लुम्बिनी स्थित बसपार्कमा गए राति आगलागी  हुदाँ  ६० लाख बरबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट बसपार्कमा रहेका माला पसल, रेस्टुरेन्ट, गिफ्ट हाउस, फेन्सी पसल गरी १२ वटा पसल जलेर नष्ट भएको भएका छन् ।राती २ बजेबाट लागेको आगो  डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको  थियो ।  स्थानीयले आगलागी पछि नगरपालिकाको  दमकलका समय नआउँदा धेरै क्षति भएको भन्दै आक्रोश पोखेका छन् । 

    • प्रकाशित मितिः पुस २, २०७८
    • 60 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु

    शिबसताक्षी /  मोटरसाइकल दुर्घटनामा परि विहीबार झापाको शिबसताक्षी नगरपालिका ८ डुडामारी चोकमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा कन्काई नगरपालिका ८ सुरुङ्गाका  २८ वर्षीय विनोद लिम्बू रहेका छन ।  आफैले चलाएको  मे ७४९८०० न को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ । मोटरसाइकलमा पछाडि सवार कन्काई नगरपालिका ८ का २४ वर्षीय विमल सिवा घाइते  भएका छन । दुर्घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।  

    • प्रकाशित मितिः पुस २, २०७८
    • 68 पटक पढिएको
  • झापामा पुस ४ बाट ट्राफिक सप्ताह

    झापा  / सवारी दुर्घटना न्यूनीकरण गर्न र सडक सुशासन कायम गराउन झापामा साताव्यापी कार्यक्रम गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले पुस ४ गतेबाट जिल्लाका बिभिन्न स्थानमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना मूलक कार्यक्रम गर्न लागेको हो । विशेष गरी पुस र माघ महिनामा बिहान बेलुका बाक्लो हुस्से लाग्ने र सवारी सञ्चालनमा कठिनाइ हुने हुँदा सडक सुशासन र दुर्घटना न्यूनीकरण सम्बन्धी कार्यक्रम गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक निशेष चापागाँईले बताए ।१ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर र प्रदेश ट्राफिक प्रहरी कार्यालय

    • प्रकाशित मितिः पुस २, २०७८
    • 65 पटक पढिएको
  • उच्च पहाडी तथा हिमाली भू–भागमा शुक्रबारदेखि हिमपात हुने

    काठमाडौं / पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रबारदेखि उच्च पहाडी भुभाग तथा हिमाली क्षेत्रमा हिमपात हुने भएको छ । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद् मञ्‍जु बासीले जानकारी दिइन् ।यस्तै जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आगामी दिनमा तापक्रममासमेत गिरावट आई चिसो अझ बढ्ने सम्भावना रहेको उनको भना

    • प्रकाशित मितिः पुस १, २०७८
    • 64 पटक पढिएको
  • वेश्यावृत्ति गराउने कार्यमा संलग्न २ जना पक्राउ

     इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका ९ स्थित रिभरसाइड होटल एण्ड लजबाट वेश्यावृत्ति गराउने कार्यमा संलग्न २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा इटहरी ४ का ३६ वर्षीय गौतम लेप्चा र सङ्खुवासभाको नुम गाउपालिका ५ का २० वर्षीय मीनराज पराजुली रहेका छन् । रिभरसाइड होटल एण्ड लजमा वेश्यावृत्ति गर्ने गराउने कार्य भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो  । वेश्यावृत्ति गर्ने गराउने लेप्चा र पराजुली दुवै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ ।

    • प्रकाशित मितिः पुस १, २०७८
    • 71 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.