इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका ९ स्थित रिभरसाइड होटल एण्ड लजबाट वेश्यावृत्ति गराउने कार्यमा संलग्न २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी ४ का ३६ वर्षीय गौतम लेप्चा र सङ्खुवासभाको नुम गाउपालिका ५ का २० वर्षीय मीनराज पराजुली रहेका छन् ।

OM Sai Pathibhara Hospital

 
रिभरसाइड होटल एण्ड लजमा वेश्यावृत्ति गर्ने गराउने कार्य भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो  । 


वेश्यावृत्ति गर्ने गराउने लेप्चा र पराजुली दुवै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ ।