काठमाडों / नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ हजार चार सय रूपैयाँले बढेर तीन लाख सात हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला तीन लाख एक हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा चार हजार ६ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार ७ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।





































