काठमाडौं / एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपको  १४ लाख ५७ हजार डोज आज नेपाल आउँदै छ ।

२१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोप मध्ये दोस्रो खेप आज आउन लागेको हो । बिहीबार  पहिलो खेपमा ७ लाख १९ हजार ६५० डोज खोप नेपाल आइसकेको छ ।

OM Sai Pathibhara Hospital

जर्मन सरकारले कोभ्याक्स सुविधामार्फत यो खोप उपलब्ध गराएको हो । जर्मन सरकारले  नेपालमा १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप समेत उपलब्ध गराएको छ । उक्त खोप गत आइतबार नेपाल आइसकेको छ ।

यसअघि अमेरिकाले कोभ्याक्स मार्फत  करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो। जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ। अन्य खोप भने दुई डोज लगाउनु पर्छ।