समाचार

    Showing 22,851-22,860 of 26,011 items.
  • मोबाइल ब्यालेन्सबाट सामान र सेवा किन्ने व्यवस्था खारेज हुँदै

    काठमाडौँ  / नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्ष अघि जारी गरेको प्रयोगकर्ताले मोबाइल ब्यालेन्सबाट सामान र सेवा किन्ने व्यवस्था खारेज गर्ने भएको छ । कार्यविधिको प्रावधानहरू विभिन्न प्रचलित कानूनसँग बाँझिएको भन्दै प्राधिकरणले गठन गरेको अध्ययन समितिले यसलाई खारेज गर्न सिफारिस गरेको हो ।कार्यविधिका कतिपय प्रावधान दूरसञ्चार ऐन, २०५३ का साथै मुलुकी अपराध संहिता, २०७४ का प्रावधानसँग बाँझिएको अध्ययन समितिको निष्कर्ष छ ।मोबाइल ब्यालेन्स प्रयोग गरी विद्युतीय माध्यमबाट बस्तु तथा सेवाहरू खरिद गर्न सक्ने व्यवस्थालाई नियमन गर्ने गरी प्राधिकरणले ‘मोबाइल ब्यालेन्सको प्रयोग गरी विद्युतीय माध्यमबाट वस

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 102 पटक पढिएको
  • छोरीको हत्या गर्ने आमा पक्राउ

    सप्तरी / सप्तरीमा कर्तव्य ज्यान मुद्दाका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।   प्रहरीले सप्तरी हनुमाननगर कंकालिनी नगरपालिकाकी रानी देवी मण्डललाई बिहीबार पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ गते उनलाई २० वर्ष कैद सजाय सुनाएपछि मण्डल फरार रहेकी छिन् । उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले राजगढ गाउँपालिका–५  मलेखपुर बाट फेला पारेको हो । २ वर्षीया छोरी प्रमिला मण्डललाई २०७३ साउन १२ गते हत्या गरी हनुमानगरको खाडो खोलामा फालेर बेपत्ता पारेपछि सो मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको थियो । उनलाई अदालतको आदेशले कैद भुक्तानको ल

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 58 पटक पढिएको
  • आईपीएलमा सट्टेबाजी लगाउने दुईजना पक्राउ

    विराटनगर / इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टाबाजी गरेको आरोपमा मोरङ प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । विराटनगर-६ निवासी सचिनकुमार साह र विराटनगर-९ का भुपेन्द्रकुमार साहलाई सट्टाबाजी खेल खेलाउने र खेल्ने गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका विरुद्ध सट्टाबाजी कसुरमा पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिएका छन् । उनीहरूको साथबाट सिद्धार्थ र लक्ष्मी बैंकको चेक, नगद २८ हजार ३२५ रुपैयाँ बरामद गरिएको छ । 

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 104 पटक पढिएको
  • मोटरसाइकल अनियन्त्रित दुर्घटना हुँदा बाह्रदशीका बिष्टको मृत्यु

    बिर्तामोड / झापाको बाह्रदशी -३ चारपाने राजगढ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बाह्रदशी -२ का १९ वर्षीय दिपेश बिष्ट रहेको प्रहरीले जनाएको छ । बिहीबार राति साँढे ११ बजे प्रदेश २-०३-१९ प १८६४ नम्बरको  मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।  दुर्घटनाबाट घाईते भएका बिष्टको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती नै  मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 105 पटक पढिएको
  • आज विश्व पृथ्वी दिवस, देश भर विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाडौँ / विश्व पृथ्वी दिवसको अवसरमा आज काठमाडौंसहित नेपालका विभिन्न स्थानमा कार्यक्रम गरेर यो दिवस मनाइँदैछ ।सन् १९७० अप्रिल २२ तारिखमा विश्वमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो । सन् २००९ मा संयुक्त राष्ट्र सङ्घको ६३ औं महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।अहिले जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढिरहेको छ । यसलाई कम गर्दै कसरी विकास गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य राखेर अबका दिनमा अघि बढ्नुपर्ने विज्ञहरू बताउँछन् ।पृथ्वीको संरक्षण कार्यक्रमले नागरिकमा पृथ्वीको संरक्षण कसरी गर्ने र अबका दिनमा पृथ्वीको संरक्षण गर्न नसके कस

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 65 पटक पढिएको
  • छिमेकीको कुटपिटबाट ताप्लेजुङमा महिलाको मृत्यु

    ताप्लेजुङ / ताप्लेजुङमा छिमेकीको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका -११ मा बैशाख २ गते बिहान ८ बजे स्थानीय ५४ वर्षीया कुमारी लिम्बुले छिमेकी ४४ वर्षीया मेनुका सार्कीलाई कुटपिट गर्दा आज बिहान मृत्यु भएको हो । कुटपिटबाट मृत्यु भएको भन्ने खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई पक्राउ गरेको छ । हत्या अभियोगमा पक्राउ परेकी लिम्बुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 71 पटक पढिएको
  • राजस्व न्यायाधीकरणमा ८ अर्बको चलखेल

    बिर्तामोड / करसम्बन्धी मुद्दाको पुनरावलोकन गर्ने दायित्व बोकेको सर्वोच्च अदालत मातहतको राजस्व न्यायाधीकरणले नै ठुलो परिमाणको चलखेल गरेको विषय सार्वजनिक भएको छ । आर्थिक हित कायम राख्न र राजस्वसम्बन्धी न्याय व्यवस्थामा सामयिक सुधार ल्याउन स्थापित न्यायाधिकरणले नै करिब ८ अर्ब बराबरको रकम चलखेल गरेपछि  यो विषय पेचिलो बनेको हो ।राजस्व न्यायाधीकरणको काठमाडौं, विराटनगर, पोखरा, नेपालगञ्ज कार्यालयले करसम्बन्धी मुद्दाको पुनरावेदन दर्ता गर्ने क्रममा मिलिमतो गरेको पाइएपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । धरौटी लिनु पर्नेमा नलिएर मुद्दा दर्ता गरिदिएको पाएपछि लेखा समितिले त

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 74 पटक पढिएको
  • सर्वोच्चद्वारा अतिक्रमित सडक सम्बन्धी रिट अग्राधिकार

    काठमाडौँ / सरकारद्वारा संरचना बनाउन भन्दै सडक अतिक्रमण गरेपछि दुर्घटनाका कारण समस्यामा परेका नागरिकले दुर्घटना रोक्नलाई पहलको माग गर्दै गरेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकारसहित पेस गर्न आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीले नागरिकको सुरक्षासँग सम्बन्धित निवेदनलाई तत्काल निरूपण गर्नुपर्ने भन्दै अग्राधिकार दिएर पेश गर्न आदेश दिएका हुन् ।अदालतले गृह मन्त्रालय, शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका लगायतलाई कारण देखाउन आदेशसमेत जारी गरेको छ । अधिवक्ताहरू किशोर पौडेल, अनुपम भट्टराई र सुधीज्ञ पन्तले काठमाडौं उपत्यकामा सडक अतिक्रमण गरी बनाइएका संरचनाका कारण चार वर्षमा भएका दुर्घटनाबाट नाग

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 61 पटक पढिएको
  • लागूऔषध ट्याब्लेट सहित २ जना पक्राउ

    बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका -१६ भत्केको वालबाट निषेधित लागूऔषध ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  सुनसरी दुहबी नगरपालिका-६ का १७ वर्षीय बिक्की सरदार र बिराटनगर-७ का २८ वर्षीय गणेश बि. क. रहेको प्रहरीले जनाएको छ । बुधबार बेलुका ४ बजे भारतबाट नेपालतर्फ आँउदै गरेका सरदारको साथबाट १५ थान नाइट्रोजन ट्याब्लेट र बि क को साथबाट डाइजोपाम ९ एम्पुल,  लुपिजेसिक ९ एम्पुल,  एभिल ९ एम्पुल र फेनारगन  १ एम्पुल सहित प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निषेधित लागूऔषध सहित पक

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 71 पटक पढिएको
  • जाजरकोटमा वडाध्यक्षले नै मोटरसाइकल चोरेपछि

    झापा / जाजरकोटमा मोटरसाइकल  चोरीको आरोपमा नलगाड नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष पक्राउ परेका छन् । चोरीको मोटरसाइकलसहित वडाध्यक्ष हिरालाल पुनलाई प्रहरीले पक्राउ गरेको हो । कुनै पनि कागजपत्र नभएको लु ५९ प ०२१७ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल वडाध्यक्ष पुनले लामो समयदेखि चलाउँदै आएका थिए । वडाध्यक्षले चोरीको मोटरसाइकल चलाउने बारे प्रहरीमा मौखिक उजुरी परेपछि बाध्य भएर प्रहरीले नलगाड १ कल्पत स्थित सडकमा बेवारिसे अवस्थामा छोडेको अवस्थामा मोटरसाइकल नियन्त्रणमा लिएको थियो । मोटरसाइकल नियन्त्रणमा लिए पनि पक्राउ पर्न नसकेका वडाध्यक्ष पुनलाई जनदवाव पछि बुधबार प्रहरीले पक्राउ गरेको ह

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 60 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.