विराटनगर / इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टाबाजी गरेको आरोपमा मोरङ प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । विराटनगर-६ निवासी सचिनकुमार साह र विराटनगर-९ का भुपेन्द्रकुमार साहलाई सट्टाबाजी खेल खेलाउने र खेल्ने गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका विरुद्ध सट्टाबाजी कसुरमा पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिएका छन् । उनीहरूको साथबाट सिद्धार्थ र लक्ष्मी बैंकको चेक, नगद २८ हजार ३२५ रुपैयाँ बरामद गरिएको छ ।

OM Sai Pathibhara Hospital