सप्तरी / सप्तरीमा कर्तव्य ज्यान मुद्दाका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सप्तरी हनुमाननगर कंकालिनी नगरपालिकाकी रानी देवी मण्डललाई बिहीबार पक्राउ गरेको हो ।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ गते उनलाई २० वर्ष कैद सजाय सुनाएपछि मण्डल फरार रहेकी छिन् । उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले राजगढ गाउँपालिका–५ मलेखपुर बाट फेला पारेको हो ।
२ वर्षीया छोरी प्रमिला मण्डललाई २०७३ साउन १२ गते हत्या गरी हनुमानगरको खाडो खोलामा फालेर बेपत्ता पारेपछि सो मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको थियो । उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय राजबिराज पठाइएको छ ।