झापा / जाजरकोटमा मोटरसाइकल चोरीको आरोपमा नलगाड नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष पक्राउ परेका छन् । चोरीको मोटरसाइकलसहित वडाध्यक्ष हिरालाल पुनलाई प्रहरीले पक्राउ गरेको हो ।
कुनै पनि कागजपत्र नभएको लु ५९ प ०२१७ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल वडाध्यक्ष पुनले लामो समयदेखि चलाउँदै आएका थिए । वडाध्यक्षले चोरीको मोटरसाइकल चलाउने बारे प्रहरीमा मौखिक उजुरी परेपछि बाध्य भएर प्रहरीले नलगाड १ कल्पत स्थित सडकमा बेवारिसे अवस्थामा छोडेको अवस्थामा मोटरसाइकल नियन्त्रणमा लिएको थियो । मोटरसाइकल नियन्त्रणमा लिए पनि पक्राउ पर्न नसकेका वडाध्यक्ष पुनलाई जनदवाव पछि बुधबार प्रहरीले पक्राउ गरेको हो ।
वडाध्यक्ष पुनलाई जिल्ला अदालतले अनुसन्धानका लागि सात दिनको म्याद दिएको जिल्ला प्रहरी प्रमुख सन्तोष निरौलाले बताए ।