समाचार

    Showing 22,181-22,190 of 26,011 items.
  • सप्तरीमा माइक्रो बस दुर्घटना हुँदा एकको मृत्यु , १० घाइते

    झापा / सप्तरीमा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका- १ रायपुर बस्ने ६५ वर्षीया तारावती देवी यादव रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनामा परि अन्य  १० जना घाइते भएका छन् । माइक्रो बस राजविराज - रुपनी सडक खण्ड अन्तर्गत रुपनी गाउँपलिका- ५ स्थित बसबिट्टी भन्ने ठाउँमा मंगलबार बिहान भएको दुर्घटना भएको थियो । सिरहाको लहानबाट राजविराजतर्फ आउँदै गरेको प्रदेश ०३ - ००१ ज ०२७७ नम्बरको माइक्रो बस दुर्घटना भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएकी तारावतीलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारा

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 70 पटक पढिएको
  • कटुवा पेस्तोल १ थान र ३ राउन्ड गोली सहित एक भारतीय पक्राउ

    बिर्तामोड / सुनसरीको हरिनगरा गाउँपालिका- ४ स्थितबाट कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया बबुवान पञ्चायत घोर्नाथानाका २७ वर्षीय ओम प्रकाश पाल रहेका छन । विशेष सूचनाको आधारमा मंगलबार राती साढे १ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी निरीक्षकको टोलीले हरिनगरा - ४ का डोमी मेहताको घरमा पाहुना आएका पालको बि आर ३९ जे ६८३५  नम्बरको मोटरसाइकलको डिकी भित्र प्लास्टिकमा बाँधी लुकाई राखेको कटुवा पेस्तोल १ थान र ३ राउन्ड गोली सहित बरामद गरेको हो । कटुवा पेस्तोल सहित पक्राउ परेका पालको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 86 पटक पढिएको
  • छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ३ जना पक्राउ

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका - ६ बाट २ जना र सुनसरीको बराहक्षेत्र नगरपालिका- ५ बाट १ जना लागूऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा मेचीनगर- ७ का २५ वर्षीय अर्जुन बाँतर , मेचीनगर- ६ का २५ वर्षीय दावा तामाङ , र  बराहक्षेत्र- ५ सिमरबनका ५९ वर्षीय रत्न माझी रहेका छन् । मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका बाँतर र तामाङलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।यस्तै सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले माझीलाई १६३ ग्राम गाँजा सहित

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 85 पटक पढिएको
  • विषको बट्टा सहित मृत भेटिएका किशोर किशोरीको पहिचान खुल्यो

    काठमाडौं / काठमाडौं जिल्लाको दक्षिणकाली मन्दिर आसपासको फर्पिङस्थित जङ्गलमा मृत भेटिएका युवक मकवानपुर र युवती दाङकी भएको खुलेको छ ।प्रहरीका अनुसार सोमबार जङ्गलमा एकै ठाउँमा भेटिएको शव मकवानपुरको इन्द्र सरोवरका २० वर्षीय मनिष ठकुरी र दाङको राप्ती गाउँपालिकाकी २० वर्षीया विमला कुमालको रहेको खुलेको हो ।उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले मृतक युवा युवतीको मंगलबार पहिचान भएको बताए । सोमबार दिउँसो जङ्गलमा उनीहरूको शव फेला परेको थियो । उनीहरूको साथमा भएका मोबाइल र अन्य कागजातका आधारमा शवको पहिचान भएको उनले बताए ।शव नजिकै दुईवटा विषको बट्टा पनि भेटिएको र घटनास्थल हेर्द

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 107 पटक पढिएको
  • बर्दिया घटनाबारे छानबिन गर्त समिति गठन

    काठमाडौँ / गृह मन्त्रालयले बर्दियाको मधुवन नगरपालिका –२ मा सोमबार भएको नबिना थारूको मृत्युको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।गृहमन्त्री बालकृष्ण खाँणको मन्त्रिस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो । समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक (सहसचिव) वेदकुमार ढकाल, प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक व

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 71 पटक पढिएको
  • हराएको ४ दिन पछि मृत भेटिइन् ७ वर्षीया बालिका , बलात्कारपछि हत्या भएको हुनसक्ने आशङ्का

    झापा / सुर्खेतमा गत ज्येष्ठ २१ गते हजुरआमासँग धारामा पानी लिन गएकी  बालिका बाटोमै हराएको ४ दिन पछि मकैबारीमा मृत भेटिएकी छिन् ।  गुर्भाकोट नगरपालिका- ५ की सात वर्षीया गृष्मा बिक घर मंगलबार बिहान घरदेखि पाँच सय मिटर तल मकैबारीमा भेटिएकी हुन् ।घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले अनुसन्धानका लागि सोही ठाउँका एक जना २० वर्षीय युवकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल रक्तकाली गणका गणपति विमल डाँगीले बताए । बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 102 पटक पढिएको
  • रेशम चौधरीलाई रिहा गर्न माग गर्दै लोसपाले बुझायो प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र

    काठमाडौँ / लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जेल सजाय भोगिरहेका रेशम चौधरी र बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताहरूलाई रिहाइ गर्न सरकारसँग माग गरेको छ ।लोसपाका अध्यक्ष महन्त ठाकुरको नेतृत्वमा बालुवाटार पुगेको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।विगतमा विभिन्न सरकार हुँदा र वर्तमान कांग्रेस नेतृत्वको सरकार गठन हुँदा आफ्नो पार्टीसँग भएका सम्झौता र प्रतिबद्धता पूरा गर्न सरकारलाई आग्रह गरिएको छ । प्रधानमन्त्री देउवाले आफ्नो पार्टीले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म पूरा नगरेकाले पुनः स्मरण गराउन ११ बुँदे ज्ञापनपत्र बुझाइ

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 62 पटक पढिएको
  • एक सातामा सिटीइ गेमिङ क्लब क्यासिनोबाट १३ नेपाली पक्राउ   

    बाँके / नेपालको कुनै पनि क्यासिनोमा विदेशी बाहेक नेपालीलाई प्रवेश गर्न निषेध भएपनि क्यासिनोहरूले निर्वाध रूपमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने काम गरिरहेका छन् ।यस्तै क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने कार्य भइरहेको विशेष सूचनाका आधारमा बाँके प्रहरीले एकै पटक नेपालगञ्जका सात क्यासिनोमा छापा मारेको छ । छापा मार्ने क्रममा नेपालगञ्जको धम्बोझी चोकस्थित होटल सिटी प्यालेसभित्र सञ्चालनमा रहेको सिटीइ गेमिङ क्लब क्यासिनोबाट छ जना नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार उनीहरूलाई थप अनुसन्धानका

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 66 पटक पढिएको
  • प्रदर्शनमा उत्रिएकी २० वर्षीया युवतीको प्रहरीको गोली लागेर मृत्यु 

    झापा / बर्दियामा मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणको माग गर्दै सडकमा उत्रिएका स्थानीय माथि प्रहरीले गोली चलाउँदा एक युवतीको मृत्यु भएको छ । प्रहरीको गोली लागेर बर्दियाको मधुवन नगरपालिका -२ स्थित आरोली बजारीकी २० वर्षीया नविना थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक हृदयश सापकोटाले जानकारी दिए । बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा बाघ सहित वन्यजन्तुको आक्रमण बढेको भन्दै सोमबार दिउँसो स्थानीयले गुलरिया–राजापुर सडक खण्डको ओराली बजारमा सडक बन्द गरेका थिए । स्थानीयले अवरुद्ध गरेको सडक खुलाउन परिचालन भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीय माथि बल प्रयाग गर्दा घटन

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 254 पटक पढिएको
  • लोहोरो प्रहार गरी श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

    झापा / दाङमा एक महिलाले अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी श्रीमानको हत्या  गरेकी छिन् । दाङको घोराही उपमहानगरपालिका–१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान् पङ्कज गुप्ताको हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमानको हत्याको आरोपमा प्रहरीले गायत्रीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।मंगलबार बिहान उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा यस्तो घटना भएको श्रीमतीले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उप

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 103 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.