काठमाडौं / काठमाडौं जिल्लाको दक्षिणकाली मन्दिर आसपासको फर्पिङस्थित जङ्गलमा मृत भेटिएका युवक मकवानपुर र युवती दाङकी भएको खुलेको छ ।

प्रहरीका अनुसार सोमबार जङ्गलमा एकै ठाउँमा भेटिएको शव मकवानपुरको इन्द्र सरोवरका २० वर्षीय मनिष ठकुरी र दाङको राप्ती गाउँपालिकाकी २० वर्षीया विमला कुमालको रहेको खुलेको हो ।

OM Sai Pathibhara Hospital

उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले मृतक युवा युवतीको मंगलबार पहिचान भएको बताए । सोमबार दिउँसो जङ्गलमा उनीहरूको शव फेला परेको थियो । उनीहरूको साथमा भएका मोबाइल र अन्य कागजातका आधारमा शवको पहिचान भएको उनले बताए ।

शव नजिकै दुईवटा विषको बट्टा पनि भेटिएको र घटनास्थल हेर्दा आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । पोस्टमार्टम रिपोर्टपछि थप पुष्टि हुने उनले बताए ।