झापा / सुर्खेतमा गत ज्येष्ठ २१ गते हजुरआमासँग धारामा पानी लिन गएकी बालिका बाटोमै हराएको ४ दिन पछि मकैबारीमा मृत भेटिएकी छिन् । गुर्भाकोट नगरपालिका- ५ की सात वर्षीया गृष्मा बिक घर मंगलबार बिहान घरदेखि पाँच सय मिटर तल मकैबारीमा भेटिएकी हुन् ।
घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले अनुसन्धानका लागि सोही ठाउँका एक जना २० वर्षीय युवकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल रक्तकाली गणका गणपति विमल डाँगीले बताए । बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।