समाचार

    Showing 22,171-22,180 of 26,011 items.
  • अदालत परिसरमै गोली प्रहार गर्ने हंशराज पक्राउ

    नवलपरासी / जिल्ला अदालत नवलपरासी परिसरमै गोली प्रहार गरी फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हंशराज यादव रहेका छन् । सोमबार दिउँसो अदालतमा अंश मुद्दाको विषयमा विवाद हुँदा यादवले आफ्नै काकी रोशनी यादवलाई लक्षित गरी एक राउण्ड गोली प्रहार गरी भागेका थिए ।  तर उक्त गोली कसैलाई नलाग्दा मानवीय क्षति भने भएको थिएन ।प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेलका अनुसार यादवलाई मंगलबार दिउँसो सुनवल गाउँपालिका –९ बनकट्टीस्थित आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । उनको साथबाट पेस्तोल, म्यागेजिन र एक राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध ज्

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 98 पटक पढिएको
  • नागढुङ्गाबाट स्रोत नखुलेको करिब चार करोड रुपैयाँ बरामद, गुरुङसहित चार चिनियाँ नागरिक पक्राउ

    काठमाडौं / काठमाडौँको चन्द्रागिरी नगरपालिका –२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको करिब ४ करोड रुपैयाँसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका –८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरु चारजना चिनियाँ नागरिक रहेका छन् ।उनीहरूलाई मंगलबार बिहान प्रहरी वृत्त थानकोटले नागढुंगा नाकाबाट पक्राउ गरेको हो । नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डक्कीमा प्लाष्टिकको दुई वटा बोरामा लुकाई छिपाइ ल्याएको अवस्थामा नगद बरामद भएको प्रहरीले जनाएको

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 91 पटक पढिएको
  • प्रदेश १ को प्रदेश समन्वय परिषद्काे बैठक सञ्चालन कार्यविधि २०७९ स्वीकृत

    विराटनगर / प्रदेश नं १ को प्रदेश समन्वय परिषद् बैठकले ‘बैठक सञ्चालन कार्यविधि २०७९’ स्वीकृत गरेको छ ।प्रदेश नंं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश समन्वय परिषद्को बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको हो । नयाँ कार्यविधि स्वीकृत भएसँगै यसअघिको प्रदेश समन्वय परिषद् (बैठक सञ्चालन) कार्यविधि, २०७५ खारेज भएको छ ।प्रदेश समन्वय परिषद्को बैठक गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि बसेको पहिलो पटक हो भने नियमित बैठकका रुपमा यो चौथो बैठक हो । प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश समन्वय परिषद् गठन हुने कानुनी व्यवस्था छ ।परिषदमा हरेक जिल्लाबा

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 64 पटक पढिएको
  • देश भरिका यी स्थानमा जतिबेला पनि इन्टरनेट काटिनसक्ने

    काठमाडौँ /  इन्टरनेट सेवा प्रदायक संघले देश भरिका तेह्र स्थानमा कुनै पनि बेला इन्टरनेट सेवा बन्द हुनसक्ने जनाएको छ । निजी इन्टरनेट सेवा प्रदायकको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै देशको केही ठाउँमा कुनै पनि बेला इन्टरनेट बन्द हुनसक्ने जानकारी गराएको हो ।आइस्पानका अनुसार इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, घरान, दुवही, लहान, डोटी, भैरहवा, ताडी, विराटचोक र रगेलि गरी तेह्र स्थानमा जुनसुकै बेला इन्टरनेट काटिने सम्भावना छ । विज्ञप्तिमा भनिएको छ, ‘ब्याकअप सिस्टमले धान्न छोडेपछि यी स्थानमा कुनै पनि समयमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने कुरा

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 78 पटक पढिएको
  • बञ्चरेडाँडामा फोहोर फाल्ने विषयमा स्थानीय र प्रहरीबीच झडप

    काठमाडौँ  / काठमाडौँ महानगरपालिकाको फोहोर फाल्न पुगेका ट्रिपरलाई बन्चरेडाँडामा अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको छ । सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, नुवाकोटको ककनी, धादिङको धुनिवेशीलगायत प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमतिअनुसार काठमाडौँबाट फोहोर बोकेर पुगेका ट्रकलाई बन्चरेडाँडाका स्थानीयले रोकेपछि झडप भएको हो । सोमबार सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रभावित क्षेत्रका पाँच वटा सडक निर्माणका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण, सामुदायिक भवन मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजन गर्ने प्रतिवद्धता जनाएसँगै आन्दोल

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 132 पटक पढिएको
  • मंगलबार नेप्से ४५ अङ्कले घट्यो

    काठमाडौँ / शेयर बजारको मापक नेप्से परिसूचक लगातार खटिरहेको छ । मंगलबार नेप्से एकैदिन ४५.५९ अङ्कले घटेर २०२०.२३ बिन्दुमा झरेको छ । आज बजार २.२१ प्रतिशतले घटेको छ । आज नेप्सेमा सूचीकृत २३४ कम्पनीको ३८ लाख ८७ हजार कित्ता शेयरको २८ हजार ९५९ पटक कारोबार भएको छ । यसबाट १ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको छ । आज बजार घटेको दिन सबैभन्दा बढी हिमालयन बैंकको शेयर मूल्य घटेको छ । यसका लगानीकर्ताले ९.९७ प्रतिशतले गुमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त सहितका लगानीकर्ताले ५.९९ प्रतिशतसम्मले गुमाएका छ । बजार घटेको  दिन पनि उपकार

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 66 पटक पढिएको
  • जग्गा नाप्ने विषयमा विवाद हुँदा कुटपिटबाट घाइते भएका पुरुषको मृत्यु

    झापा / बारामा कुटपिटबाट एक पुरुषको मृत्यु भएको छ । आदर्श कोतबाल गाउँपालिका- ६ पटेर्वा बस्ने प्रभुप्रसाद कुशवाहाको कुटपिटबाट मृत्यु भएको हो । कुटपिटमा रहेको आरोपमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५० वर्षीय किशोरी कुशवाहा र ५५ वर्षीय रामप्रवेश महतो रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शबाट खटिएको टोलीले पक्राउ गरेको हो ।किशोरी, रामप्रवेश र स्थानीय ५० वर्षीय हिरामण कुशवाहाले जग्गा नाप्ने विषयमा विवाद हुँदा कुटेका थिए । त्यसबाट गम्भीर घाइते भएका प्रभुको एनएमसी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।कुटपिटमा संलग्न उनीहरूलाई प

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 106 पटक पढिएको
  • राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक बन्न १२ जनाले दिए आवेदन

    काठमाडौँ / राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकका लागि १२ जनाले आवेदन दिएका छन् ।रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि सञ्चार मन्त्रालयले १२ जेठमा आवेदन माग गरेको थियो । आवेदन दिने म्याद सोमबार सकिएको छ । सोमबार सम्ममा १२ जनाले आवेदन दिएका हुन् । मन्त्रालय स्रोतका अनुसार आवेदन दिनेमा विनोद ढकाल, अनुप बाँस्कोटा, प्रदीप शर्मा पौडेल, रमेश प्रसाद जोशी, विश्वास खतिवडा, गुणानन्द पाठक, नरेन्द्र बहादुर बोहरा, रामेश्वर सुवेदी, महेशकुमार यादव, लक्ष्मीप्रसाद यादव, सुरेशकुमार कर्ण र प्रदीपकुमार श्रेष्ठ रहेका छन् । विनोद ढकाल कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का पूर्व अध्यक्ष

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 105 पटक पढिएको
  • सुन चाँदीका गहना चोरी गरेको आरोपमा एक पक्राउ

    काठमाडौं / सुन चाँदीका गहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर बस्ने धादिङ थाक्रे गाउँपालिका- ७ घर भएका ३३ वर्षीय विजय लामा रहेका छन् । लामाले काठमाडौं महानगरपालिका- १५ डल्लु डेरा गरी बस्ने ओखलढुङ्गा चिसखुंढी गाउँपालिका- ६ घर भएकी कल्पना आले मगरको कोठाबाट सुन चाँदीका गहनाहरू चोरी गरेको आरोप छ ।चोरी भएको सूचना प्राप्‍त हुनासाथ तत्काल प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले चोरीमा संलग्न लामालाई काठमाडौं महानगरपालिका- १५ सिद्धार्थचोकबाट पीडितको कोठाबाट चोरी भएको सुनचाँदीको जस्तो देखिने गहना र ताला फोड्ने प्रयोग हुने छिनो जस्तो देखिने फलामको र

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 76 पटक पढिएको
  • नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

    काठमाडौँ / नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।रिक्त रहेको पाँच एआईजी पदमा डीआइजीहरू उत्तमराज सुवेदी, अरुणकुमार बिसि, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहकाे बढुवा भएको हो ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केहिदिन अघि मात्रै गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका पाँच डीआइजीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।डीआईजीद्वय सुवेदी र बिसि २०७७ बैशाख ७ मा बढुवा भएका थिए भने लोहनी र आचार्य २०७७ पुस २० मा डीआईजीमा बढुवा भएका थिए ।हालका आईजीपी धिरजप्रताप सिंहसंगै २०४९ चैत ११ मा प्रहरी निरीक्षकबाट नेपा

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 75 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.