काठमाडौं / काठमाडौँको चन्द्रागिरी नगरपालिका –२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको करिब ४ करोड रुपैयाँसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका –८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरु चारजना चिनियाँ नागरिक रहेका छन् ।

OM Sai Pathibhara Hospital

उनीहरूलाई मंगलबार बिहान प्रहरी वृत्त थानकोटले नागढुंगा नाकाबाट पक्राउ गरेको हो । 

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डक्कीमा प्लाष्टिकको दुई वटा बोरामा लुकाई छिपाइ ल्याएको अवस्थामा नगद बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट ३ करोड ८९ लाख १३ हजार ७ सय २० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।