काठमाडौं / सुन चाँदीका गहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर बस्ने धादिङ थाक्रे गाउँपालिका- ७ घर भएका ३३ वर्षीय विजय लामा रहेका छन् । लामाले काठमाडौं महानगरपालिका- १५ डल्लु डेरा गरी बस्ने ओखलढुङ्गा चिसखुंढी गाउँपालिका- ६ घर भएकी कल्पना आले मगरको कोठाबाट सुन चाँदीका गहनाहरू चोरी गरेको आरोप छ ।
चोरी भएको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले चोरीमा संलग्न लामालाई काठमाडौं महानगरपालिका- १५ सिद्धार्थचोकबाट पीडितको कोठाबाट चोरी भएको सुनचाँदीको जस्तो देखिने गहना र ताला फोड्ने प्रयोग हुने छिनो जस्तो देखिने फलामको रड सहित फेला पारी पक्राउ गरेको हो ।
लामाको साथबाट १ तोलाको सुनको जस्तो देखिने बेरुवा औंठी १ थान, १ तोलाको सुनको जस्तो देखिने रिङ १ जोर, ३० लालको सुनको जस्तो देखिने लकेट १ थान, १ तोलाको पत्थर सहितको चाँदीको जस्तो देखिने औंठी १ थान समेत प्रहरीले बरामद गरेको छ । उनीमाथि चोरी कसूरमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।