काठमाडौँ / शेयर बजारको मापक नेप्से परिसूचक लगातार खटिरहेको छ । मंगलबार नेप्से एकैदिन ४५.५९ अङ्कले घटेर २०२०.२३ बिन्दुमा झरेको छ । आज बजार २.२१ प्रतिशतले घटेको छ । 

आज नेप्सेमा सूचीकृत २३४ कम्पनीको ३८ लाख ८७ हजार कित्ता शेयरको २८ हजार ९५९ पटक कारोबार भएको छ । 
यसबाट १ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको छ । 
आज बजार घटेको दिन सबैभन्दा बढी हिमालयन बैंकको शेयर मूल्य घटेको छ । यसका लगानीकर्ताले ९.९७ प्रतिशतले गुमाएका छन् । 

OM Sai Pathibhara Hospital

सपोर्ट माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त सहितका लगानीकर्ताले ५.९९ प्रतिशतसम्मले गुमाएका छ । 

बजार घटेको  दिन पनि उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यसको शेयर मूल्य आज १० प्रतिशतले बढेको छ । 

आज कमाउनेमा बलेफी हाइड्रोपावर पनि रहेको छ । यसका लगानीकर्ताले ९.९८ प्रतिशतले कमाएका छन् । 

आज माउन्टेन हाइड्रो पावर, नारायणी डेभलपमेन्ट बैंकसहितका लगानीकर्ताले पनि ३.८२ प्रतिशतसम्मले कमाएका छन् ।