समाचार

    Showing 22,031-22,040 of 26,004 items.
  • रवि लामिछानेले छाडे ग्यालेक्सी फोर के टेलिभिजन, काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्दै

    काठमाडौँ / ग्यालेक्सी फोर के टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । संसदीय चुनावमा उम्मेदवारी दिन उनले आज (बिहीबार) टेलिभिजनबाट राजिनामासमेत दिएका छन् । ग्यालेक्सीको कार्यालयमा आयोजित बिदाई कार्यक्रममा टेलिभिजनका कर्मचारीहरूसँग बोल्दै लामिछानेले आजैका मितिदेखि राजनीतिमा प्रवेश गरेको बताएका हुन् ।लामिछानेले काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने चाहिँ अन्तिम टुंगो लागिसकेको छैन । तर, उनले ३ नम्बर क्षेत्र रोज्ने सम्भावना प्रबल रहेको स्रोतको भनाइ छ । लामिछाने उक्त टिभीका संस्थापक तथा प्रस्तोता थिए । रविले

    • प्रकाशित मितिः असार २, २०७९
    • 77 पटक पढिएको
  • अर्थमन्त्री शर्माको राजीनामा माग्दै एमालेले गर्‍यो संसद्मा अवरोध

    काठमाडौँ / प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै संसद्मा अवरोध गरेको छ।सभामुख अग्निप्रसाद सापकोटाले बजेटमाथि उठेका प्रश्नको जवाफका लागि अर्थमन्त्री शर्मालाई रोस्टममा बोलाएपछि एमाले सांसदहरुले उठेर अवरोध गरेका हुन्।एमालेका सांसदहरू उठेपछि सभामुख सापकोटाले भानुभक्त ढकाललाई बोल्न दिएका थिए । ढकालले अर्थमन्त्री शर्मा विचौलियाको चङ्गुलमा फसेको भन्दै शर्माको जवाफ आफूहरूलाई नचाहिएको बताए। त्यस्तै उनले अर्थमन्त्रीको कार्यसूची नहटाएसम्म अवरोध जारी राख्ने बताए। हाल एमाले सांसदहरुले उठेर अवरोध जनाइरहेका छन्।

    • प्रकाशित मितिः असार २, २०७९
    • 56 पटक पढिएको
  • बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु

    झापा / सङ्खुवासभामा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको छ । जिल्ला कारागार खाँदबारीमा पाँचखपन नगरपालिका- २ स्याबुनका ३९ वर्षीय सुरेश तामाङको आज मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।असार १ गते साँझ खाना खाएर सकुशल सुतेका तामाङ राति अचानक बिरामी भएपछि उपचारका लागि जिल्ला अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममा असार २ गते बिहान ५ बजे मृत्यु भएको जिल्ला कारागार खाँदबारीका प्रमुख विनोद अधिकारीले बताएका छन् ।  

    • प्रकाशित मितिः असार २, २०७९
    • 82 पटक पढिएको
  • आफ्नै पसलमा काम गर्ने बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ

    रूपन्देही / रूपन्देहीमा आफ्नै पसलमा काम गर्ने १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सैनामैन नगरपालिका- ३ मुर्गिया बस्ने ६० वर्षीय मइते थापा रहेको प्रहरीले जनाएको छ । बुधबार पक्राउ गरेको छ । ती बालिकालाई थापाले लामो समयदेखि बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार पक्राउ गरेको हो । पक्राउ परेका थापा माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २, २०७९
    • 116 पटक पढिएको
  • १६ वर्षीया किशोरी बलात्कृत , २२ वर्षीय युवक पक्राउ

    झापा / कैलालीमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेको छन् । पक्राउ पर्नेमा जानकी गाउँपालिका- २ बडरिया बस्ने २२ वर्षीय हरि शंकर चौधरी रहेको प्रहरीले जनाएको छ ।चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई बुधबार पक्राउ गरि थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः असार २, २०७९
    • 75 पटक पढिएको
  • काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ५० केजी हेरोइन बरामद

    काठमाडौं  / काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले ५० केजी हेरोइन बरामद गरेको छ । लामो अपरेसनपछि अहिलेसम्मकै ठूलो परिमाणमा हेरोइन बरामद गरिएको ब्युरोले जनाएको छ । यसबारे विस्तृत विवरण आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने ब्युरोको तयारी छ ।

    • प्रकाशित मितिः असार २, २०७९
    • 99 पटक पढिएको
  • सुनसरीबाट कटुवा पेस्तोल र लागूऔषध सहित १९ वर्षीय युवक पक्राउ

    बिर्तामोड / सुनसरीको कोशी गाउँपालिका २ स्थितबाट प्रहरीले कटुवा पेस्तोल र लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उप- महानगरपालिका- ३ सुनसरी घर बताउने १९ वर्षीय रोहित राई रहेको प्रहरीले जनाएको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले हिजो बिहान कोशी गाउँपालिका- २ स्थितबाट राईलाई कटुवा पेस्तोल १ थान, गोलीको खोका १ थान, लागूऔषध डाइजापाम १० एम्पुल, नाइट्रोजन १० ट्याबलेट, लिजेसिक ३ एम्पुल, ट्रामाडोल ३३७५ पिस सहित पक्राउ गरेको हो । कटुवा पेस्तोल र लागुऔषध सहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाए

    • प्रकाशित मितिः असार २, २०७९
    • 137 पटक पढिएको
  • निगुरो टिप्न गएकी रेखा बाघको आक्रमणबाट बेपत्ता

    चितवन / सामुदायिक वनमा निउरो टिप्न गएकी एक महिला बाघको आक्रमणमा परी बेपत्ता भएकी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका –२७ बस्ने २३ वर्षीय रेखा बस्नेतलाई  बाघले आक्रमण गरेको हो । स्थानीय राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न आएकामध्ये उनलाई बिहीबार बिहान करिब ७ बजेतिर बाघले आक्रमण गरको प्रहरीले जनाएको छ ।बस्नेतसहित करिब १० जनाको समूह निउरो टिप्न गएकोमा बस्नेतलाई बाघले आक्रमण गरेर जङ्गलतर्फ लगेको सूचना अधिकारी नरहरि अधिकारीले बताए । बाघले जङ्गलतर्फ लगेको भन्ने सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना सहितको टोलीले खोजीकार्य जारी राखेको छ । ह

    • प्रकाशित मितिः असार २, २०७९
    • 71 पटक पढिएको
  • झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    बिर्तामोड / झापाको झापा गाउँपालिका- ३ कल्लामारी स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २० वर्षीय अख्तर अलि रहेको प्रहरीले जनाएको छ । बुधबार दिउसो सवा २ बजे  मे. १ त ४४१८ नम्बरको ट्याक्टरले  मे ११ प २८२२ नम्बरको  मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा  घाईते भएका अलिको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । उक्त ट्रयाक्टर र चालक प्रबिज आलमलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २, २०७९
    • 93 पटक पढिएको
  • बिहीबार प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौँ / बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेर आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ पुगेको छ ।त्यस्तै तेजाबी सुनको मूल्य पनि ९६ हजार ८ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १४६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः असार २, २०७९
    • 62 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.