चितवन / सामुदायिक वनमा निउरो टिप्न गएकी एक महिला बाघको आक्रमणमा परी बेपत्ता भएकी छिन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका –२७ बस्ने २३ वर्षीय रेखा बस्नेतलाई  बाघले आक्रमण गरेको हो । 

OM Sai Pathibhara Hospital

स्थानीय राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न आएकामध्ये उनलाई बिहीबार बिहान करिब ७ बजेतिर बाघले आक्रमण गरको प्रहरीले जनाएको छ ।

बस्नेतसहित करिब १० जनाको समूह निउरो टिप्न गएकोमा बस्नेतलाई बाघले आक्रमण गरेर जङ्गलतर्फ लगेको सूचना अधिकारी नरहरि अधिकारीले बताए । 

बाघले जङ्गलतर्फ लगेको भन्ने सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना सहितको टोलीले खोजीकार्य जारी राखेको छ । हराइरहेका बस्नेतको खोजीका लागि निकुञ्जबाट हात्ती मगाइएको उनले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनमा बाघले आक्रमण गर्ने घटना ह्वात्तै बढेको छ । जेठमा पाँच घटना भएका थिए भने असारमा भएको यो पहिलो घटना हो ।